रुस-युक्रेन युद्ध रोक्न बेलायत र फ्रान्सले सहयोग नगरेको ट्रम्पको आरोप « Khabarhub

रुस-युक्रेन युद्ध रोक्न बेलायत र फ्रान्सले सहयोग नगरेको ट्रम्पको आरोप

‘वार्ताको टेबलमा जेलेन्स्कीको आवश्यकता छैन’


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनको युद्ध अन्त्यमा लागि बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले केही सहयोग नगरेको आरोप लगाएका छन्।

साथै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लागि युद्ध विरामको विकल्प नभएकोमा जोड दिएका छन्। उनले वार्ताको टेबलमा जेलेन्स्कीको आवश्यकता आफूले ठहर नगरेको फेरि प्रष्ट पारेका छन्।

यस बिचमा मध्यपूर्वका लागि ट्रम्पका दूत केइथ केलगको भाषा भने फरक थियो। उनले उनले जेलेन्स्कीलाई उत्साही नेताको रूपमा लिएको बताएका थिए। ट्रम्पले जेलेन्स्कीलाई तानाशाहीको आरोप लगाएपछि केलग र जेलेन्स्कीको वार्ता भएको हो।

जेलेन्स्कीलाई वार्तामा नबोलाएपछि युरोपका धेरै नेताले उनको पक्षमा बोलेका थिए। बेलायती प्रधानमन्त्रीले रुस र युक्रेनको सीमामा सेना पठाएर सुरक्षा गर्नेसमेत बताएका थिए। युरोपेली नेतालाई रुस र अमेरिकाको वार्तामा नबोलाइए पछि उनीहरूको बीचमा बारम्बार छलफल भएको छ। पेरिसमा युरोपेली सम्मेलनको समेत आयोजना भइसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्स्की, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन । तस्बिरः एजेन्सी

सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, युरोपेली युनियन, अस्ट्रेलिया, क्यानडा र जापान समेत मिलेर रुसमाथि २० हजार भन्दा बढी प्रतिबन्ध लगाएका थिए।

जनवरीमा मात्र धेरै देशले युक्रेनलाई सहयोग गर्ने विषयमा हस्ताक्षर गरेका थिए। सोही क्रममा पनि स्टेइमरले युक्रेनको स्वतन्त्रताका लागि सधैँ साथ दिने बताएका थिए। शुक्रबार फक्स न्युजको अन्तरवार्तामा ट्रम्पले आफ्नो प्रयास विना रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्की बिचको वार्ता असम्भव नै रहेको बताए।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ६ : ०५ बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत