च्याम्पियन्स ट्रफी : रिकेल्टनको शतकमा दक्षिण अफ्रिकाको शानदार जित « Khabarhub

च्याम्पियन्स ट्रफी : रिकेल्टनको शतकमा दक्षिण अफ्रिकाको शानदार जित


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

कराँची – रेन रिकेल्टनको पहिलो एक दिवसीय शतकसँगै दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफी क्रिकेटमा विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हराएको हो। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २०८ रनमा समेटिएको हो।

अफगानिस्तानका सहमत साहले सर्वाधिक ९० रन जोडे। दक्षिण अफ्रिकाका कासिगो रबाडाले ३ विकेट लिए भने लुङ्गी एनगिडी र वाइन मल्डरले समान २–२ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ३१५ रन जोडेको थियो। अफ्रिकाका लागि रिकेल्टनले १०६ बलमा १०३ रन जोडे। उनी शतक पूरा गरेपछि रन आउट भएका थिए। उनले कप्तान तेम्बा बभुमासँग दोस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए। अफ्रिकाका लागि कप्तान बभुमाले ५८ रन बनाए। भान डेर रुसेनले ५२ रनको अर्धशतकीय पारी खेल्दा आइडन म्याक्रम ५२ रनमा अविजित रहे। अफगानिस्तानका मोहम्मद नाबीले दुई विकेट लिए।

शतक हिर्काएपछि रेन रिकेल्टन। तस्बिरः क्रिकइन्फो

यो जितसँगै अफ्रिकाले समूह ‘बी’मा दुई अंक जोडेको छ। समूह ‘ए’ मा भारत र न्युजिल्यान्डले दुईदुई अंक जोडेका छन्। दुई समूहमा विभाजित ट्रफीमा चारचार टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेश छन् भने समूह ‘बी’मा दक्षिण अफ्रिका, अफगानिस्तान, इंग्ल्यान्ड र अस्ट्रेलिया छन्।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ६ : २६ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय