च्याम्पियन्स ट्रफी : रिकेल्टनको शतकमा दक्षिण अफ्रिकाको शानदार जित « Khabarhub

च्याम्पियन्स ट्रफी : रिकेल्टनको शतकमा दक्षिण अफ्रिकाको शानदार जित


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

कराँची – रेन रिकेल्टनको पहिलो एक दिवसीय शतकसँगै दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफी क्रिकेटमा विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हराएको हो। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २०८ रनमा समेटिएको हो।

अफगानिस्तानका सहमत साहले सर्वाधिक ९० रन जोडे। दक्षिण अफ्रिकाका कासिगो रबाडाले ३ विकेट लिए भने लुङ्गी एनगिडी र वाइन मल्डरले समान २–२ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ३१५ रन जोडेको थियो। अफ्रिकाका लागि रिकेल्टनले १०६ बलमा १०३ रन जोडे। उनी शतक पूरा गरेपछि रन आउट भएका थिए। उनले कप्तान तेम्बा बभुमासँग दोस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए। अफ्रिकाका लागि कप्तान बभुमाले ५८ रन बनाए। भान डेर रुसेनले ५२ रनको अर्धशतकीय पारी खेल्दा आइडन म्याक्रम ५२ रनमा अविजित रहे। अफगानिस्तानका मोहम्मद नाबीले दुई विकेट लिए।

शतक हिर्काएपछि रेन रिकेल्टन। तस्बिरः क्रिकइन्फो

यो जितसँगै अफ्रिकाले समूह ‘बी’मा दुई अंक जोडेको छ। समूह ‘ए’ मा भारत र न्युजिल्यान्डले दुईदुई अंक जोडेका छन्। दुई समूहमा विभाजित ट्रफीमा चारचार टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेश छन् भने समूह ‘बी’मा दक्षिण अफ्रिका, अफगानिस्तान, इंग्ल्यान्ड र अस्ट्रेलिया छन्।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ६ : २६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना