फाइनान्सियल टास्क फोर्सको ‘ग्रे लिस्ट’मा नेपाल « Khabarhub

फाइनान्सियल टास्क फोर्सको ‘ग्रे लिस्ट’मा नेपाल

बाहिर निस्कन ७ वटा विषयमा सुधार गर्नुपर्ने


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फाइनान्सियल एक्सन टास्क फोर्स (एफटिएफ)ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट)मा राखेको छ । नेपालमा मुद्रा शुद्धीकरण र आतङ्कवादी वित्तपोषण विरुद्धको उपायहरूको कार्यान्वयनमा गम्भीर नरहेको भन्दै एफटिएफले नेपाललाई ग्रे लिस्टमा राखेको हो ।

एफएटिएफको फेब्रुअरी १९ देखि २१ सम्म फ्रान्सको पेरिसमा बसेको बैठकले नेपाल र लाओसलाई ग्रे लिस्टमा थप गर्दै फिलिपिन्सलाई भने हटाउने निर्णय गरेको छ ।

एफटिएफले नेपालले मुद्रा शुद्धीकरण र आतङ्कवादी वित्तपोषण विरुद्धमा विभिन्न ७ वटा विषयमा सुधार गर्नुपर्ने भन्दै ग्रे लिस्टमा राखेको हो । एफटिएफले आफ्नो सार्वजनिक विवरणमा वित्तीय कार्यबल र एशिया (प्रशान्त समूह एपीजीसँग सहकार्य गरी आफ्नो मुद्रा शुद्धीकरण र आतङ्कवादी वित्तपोषण विरोधी प्रणालीको प्रभावकारिता बढाउने उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जाहेर गरेको समेत जनाएको छ ।

साथै, पारस्परिक कानुनी सहयोगलाई व्यवस्थित गर्ने र वित्तीय अनुसन्धान इकाईको क्षमता अभिवृद्धिको विषयमा नेपालले सन् २०२३ अगस्ट २०२३ मा स्वीकृत आपसी मूल्याङ्कन प्रतिवेदन पछि केही सुधार गरेको एफटिएफले उल्लेख गरेको छ । साथै आगामी दिनमा नेपालले एफटिएफसँग सहकार्य गर्दै विभिन्न ७ वटा विषयमा सुधार गर्नुपर्ने जनाइएको छ ।

नेपालले सुधार गर्नुपर्ने ७ विषय

१. मुख्य मुद्रा शुद्धीकरण र आतंकवादी वित्तपोषण जोखिमहरूको बुझाइ सुधार गर्ने ।

२. वाणिज्य बैंकहरू, उच्च जोखिम सहकारीहरू, क्यासिनोहरू, डीपीएमएस (डिजाइनेटेड नन–फाइनान्सियल बिजनेसेज एन्ड प्रोफेसन्स) र रियल एस्टेट क्षेत्रमा जोखिममा आधारित निरीक्षण सुधार गर्ने ।

३. वित्तीय समावेशमा बाधा नपुर‍याउँदै अवैध मुद्रा वा मूल्य स्थानान्तरण सेवा र हुण्डी प्रदायकहरूको पहिचान गरी महत्त्वपूर्ण कार्यहरूमा दण्डात्मक कारबाही गर्ने ।

४. मुद्रा शुद्धीकरण अनुसन्धान गर्न सक्षम अधिकारीहरूको क्षमता र समन्वय बढाउने ।

५. मुद्रा शुद्धीकरण अनुसन्धान र मुद्दा चलाउने कार्यमा मात्रात्मक वृद्धि देखाउने ।

६. आफ्नो जोखिम प्रोफाइल अनुसार अपराधको आय र साधनहरू पहिचान, अनुगमन, जफत गर्ने क्षमता बढाउने ।

७. आतङ्कवादी वित्तपोषण र प्रसार वित्तपोषणका लागि लक्षित वित्तीय प्रतिबन्ध प्रणालीमा रहेका त्रुटिहरू समाधान गर्ने  ।

निर्धारित समय अगावै ग्रे लिस्टबाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री
एफटिएफले नेपाललाई ग्रे लिस्टमा समावेश गरेपछि प्रतिक्रिया दिँदै अर्थमन्त्री विष्णु पौडेलले निर्धारित समय अगावै प्रभावकारी रूपमा काम गरेर ग्रे लिस्टबाट बाहिर निस्कने बताएका छन् ।

विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो, पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ, एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं’, मन्त्री पौडेलले भने ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ९ : ४८ बजे

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

गण्डकी– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक

घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ

काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक