पाथीभरा केबलकार सन्दर्भमा तथ्यपरक समाचार सम्प्रेषण गर्न महासङ्घको आग्रह « Khabarhub

पाथीभरा केबलकार सन्दर्भमा तथ्यपरक समाचार सम्प्रेषण गर्न महासङ्घको आग्रह


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घले ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुम्लुङ ) केबलकार परियोजना र नो  केबलकार समूहबीच भइरहेका विकासक्रमहरूको बारेमा समाचार प्रसारणको सम्बन्धमा आएका टिप्पणीहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संविधानद्वारा ग्यारेन्टी गरिएको पत्रकारहरूको निर्बाध प्रेस स्वतन्त्रताको उपभोग गर्ने अधिकारको सम्मान गर्नु प्रत्येक पक्षको जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

कुनै पनि पक्ष लिई वा त्यस्तो बहाना बनाएर पत्रकारसँग दुर्व्यवहार गर्नु र अनावश्यक दबाब दिनु स्वतन्त्रता र व्यावसायिक पत्रकारितामाथिको हस्तक्षेप भएको उल्लेख गर्दै महासङ्घले उक्त कार्यप्रति खेद व्यक्त गरेको छ ।

महासङ्घले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारहरूलाई समाचार सङ्कलन र सम्प्रेषण गर्न सहज वातावरण प्रदान गर्न महासङ्घले सम्बन्धित पक्षहरूको ध्यानाकर्षण समेत गराएको छ ।

महासङ्घले अहिले भइरहेका घटनालाई सन्दर्भित गर्दै पत्रकारिताको व्यावसायिक मर्यादा कायम राख्न र पत्रकार आचारसंहिताको दायरा भित्र रहेर तथ्यपरक, निष्पक्ष र मर्यादित समाचार र सूचना प्रदान गर्न सम्बन्धित सबै सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अनुरोध समेत गरेको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ११ : २५ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई