दरबारमार्गमा बिछ्याउन लागेको ग्रेनाइट अपांगतामैत्री नभएको गुनासो | Khabarhub Khabarhub

दरबारमार्गमा बिछ्याउन लागेको ग्रेनाइट अपांगतामैत्री नभएको गुनासो


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको दरबारमार्गको सडक पेटीमा काठमाडौं महानगरपालिकाले बिछ्याउन लागेको ग्रेनाइट दृष्टिविहीन अपांगतामैत्री नभएको गुनासो आएको छ । 

दृष्टिविहीन अपांगता भएका एक युवक युवराज लामाले ग्रेनाइटमा हिँड्दाको अनुभव सामाजिक सञ्जाल फेसबुकमा साझा (शेयर) गर्दै अपांगतामैत्री नभएको गुनासो गरेका हुन् । 

लामाले महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई सम्बोधन गर्दै ग्रनाइट लगाइएको सडकपेटीमा देष्टिबिहीन अपंगता भएका व्यक्ति हिँड्दा रुमलिने खतरा रहेको उल्लेख गरेका छन् ।  

‘मेरो चासो, सडकपेटीको स्ट्रेन्थ र सौन्दर्यको लागि ग्रेनाइट बिच्छ्याइरहँदा दृष्टिविहीन व्यक्तिहरूका लागि स्ट्रेट डाइरेक्सन पत्ता लगाउन बिच्छ्याइने पहेँलो रङ्गको ट्याक्टाइलको लागि ठाउँ कता हो त ?,’ लामाले प्रश्न गर्दै भनेका छन्, ‘हिँड्दा फराकिलो र चिल्लो महसुस भएता पनि अगाडि स्ट्रेट गाइडलाइन नहुँदा चिल्लो सडक पेटीमै रुमलिने खतरा हुँदो रहेछ मेयरसाब ।’

उनले भनेका छन्, ‘विश्वको अन्य आधुनिकतम सहरहरूमा यसको व्यवस्थापन कसरी गरिरहेको छ भन्नेबारे तपाईं जानकार हुनुहुन्छ होला भन्ने आशा गर्दछु ।’

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १२ : ५३ बजे

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज