दरबारमार्गमा बिछ्याउन लागेको ग्रेनाइट अपांगतामैत्री नभएको गुनासो « Khabarhub

दरबारमार्गमा बिछ्याउन लागेको ग्रेनाइट अपांगतामैत्री नभएको गुनासो


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको दरबारमार्गको सडक पेटीमा काठमाडौं महानगरपालिकाले बिछ्याउन लागेको ग्रेनाइट दृष्टिविहीन अपांगतामैत्री नभएको गुनासो आएको छ । 

दृष्टिविहीन अपांगता भएका एक युवक युवराज लामाले ग्रेनाइटमा हिँड्दाको अनुभव सामाजिक सञ्जाल फेसबुकमा साझा (शेयर) गर्दै अपांगतामैत्री नभएको गुनासो गरेका हुन् । 

लामाले महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई सम्बोधन गर्दै ग्रनाइट लगाइएको सडकपेटीमा देष्टिबिहीन अपंगता भएका व्यक्ति हिँड्दा रुमलिने खतरा रहेको उल्लेख गरेका छन् ।  

‘मेरो चासो, सडकपेटीको स्ट्रेन्थ र सौन्दर्यको लागि ग्रेनाइट बिच्छ्याइरहँदा दृष्टिविहीन व्यक्तिहरूका लागि स्ट्रेट डाइरेक्सन पत्ता लगाउन बिच्छ्याइने पहेँलो रङ्गको ट्याक्टाइलको लागि ठाउँ कता हो त ?,’ लामाले प्रश्न गर्दै भनेका छन्, ‘हिँड्दा फराकिलो र चिल्लो महसुस भएता पनि अगाडि स्ट्रेट गाइडलाइन नहुँदा चिल्लो सडक पेटीमै रुमलिने खतरा हुँदो रहेछ मेयरसाब ।’

उनले भनेका छन्, ‘विश्वको अन्य आधुनिकतम सहरहरूमा यसको व्यवस्थापन कसरी गरिरहेको छ भन्नेबारे तपाईं जानकार हुनुहुन्छ होला भन्ने आशा गर्दछु ।’

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १२ : ५३ बजे

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक