विकास–निर्माणका काममा सरकार क्रियाशील छ : मन्त्री शाही « Khabarhub

विकास–निर्माणका काममा सरकार क्रियाशील छ : मन्त्री शाही


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् ।

आज बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका कामलाई प्रमुख प्राथमिकता दिएर तदनुरुप् काम गरिरहेको बताए ।

आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको र यो सरकार गठन भएपछि आर्थिक अवस्थामा पनि सुधार आएको उनको कथन थियो । यद्यपि उनले सन्तोष मानेर बस्ने बेला नभएको भन्दै अर्थतन्त्रलाई अझ सुदृढ बनाउन निजी क्षेत्रसँगको साझेदारीमा अझ धेरै काम गर्न बाँकी रहेको बताए।

‘यो सरकारले जनतामा आशा जगाउनेगरी काम गरिरहेको छ, गठबन्धनलाई सुदृढ बनाउने प्रयास जारी छ’ मन्त्री शाहीले भने– ‘पहिलेको जस्तो निराश हुनु पर्ने अवस्था छैन, सरकार सबै क्षेत्रको विकासका निम्ति गम्भीर भएर लागेको छ ।’

 उनले वनलाई जनतासँग र समृद्धिसँग जोड्नुपर्नेमा पनि जोड दिए। 

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  २ : ५७ बजे

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार