विवाह भोजमा गएका युवकको हत्या, ३ जनाविरुद्ध मुद्दा दर्ता  « Khabarhub

विवाह भोजमा गएका युवकको हत्या, ३ जनाविरुद्ध मुद्दा दर्ता 


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

धनगढी – विवाहको भोज खान गएका युवकको कुटपिटबाट मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । कुटपिटकै कारण ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानपछि आफन्तले कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन् । 

बुढीगंगा नगरपालिका–८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको कुटपिट पछि उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा ज्यान गएको हो । थापा बूढीगंगा नगरपालिका–९ का बासिन्दा हुन् । उनी छिमेकी वडाका आफन्तको छोराको बिहेमा भोज खान गएका थिए । 

थापामाथि कुटपिट गर्ने तीन जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनीहरू विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका–७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप गिरीले जानकारी दिए ।

उनका अनुसार खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो । भने अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा समातिएको थियो । उनीहरुले बुढीगंगा नगरपालिका–८ का सन्तोष खड्काको बिहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेका थिए । कुटपिट पछि  थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरूबिच विवाद भएको थियो । मध्ये राती ११ बजेपछि आपसमा विवाद भएको र तीन जनाले एकोहोरो कुटपिट पछि थापा गम्भीर घाइते भएका थिए । विवादपूर्व कुनै दुष्मनी र आपसी रिस नभएको भएपनि मदिराकै तालमा आपसी इगो बढेपछि विवाद उत्पन्न भएको प्रत्यक्ष दर्शीले बताएका छन् । 

पक्राउ परेका मध्येका दीर्घ विष्टले ‘आफूलाई सबै केटाहरूले दाइ भन्नुपर्छ’ भनेको निहुँमा विवाद भएको थियो । सोही क्रममा थापामाथि कुटपिट भएको प्रहरीले बताएको छ । थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ६ : १८ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा