हमासले रिहा गर्‍यो थप ६ इजरायली बन्धक « Khabarhub

हमासले रिहा गर्‍यो थप ६ इजरायली बन्धक


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हमासले युद्धविरामको सम्झौता अनुसार आज छ जना इजरायली नागरिकको रिहाइ गरेको छ । 

अक्टोबर ७ मा भएको आक्रमणको क्रममा सबैलाई बन्धक बनाएर लागिएको थियो । रिहा हुनेमा २७ वर्षीया एलिया कोहेन, २२ वर्षीया ओमर शेम टोभ, २३ वर्षीय ओमर वेन्कर्ट, ४० वर्षीय ताल शोहम, ३९ वर्षीय अवेरी मेंगिस्टु र ३६ वर्षीय हिशाम अल-सयदलाई हमासले रिहा गरेको हो । 

हमासले आज तीन चरणमा गरेर ६ जनालाई रेडक्रसको जिम्मा लगाएको थियो भने रेडक्रसले इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । 

बदलामा, इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताइएको छ । यी मध्ये ५० जना आजीवन कारावास भोगिरहेका छन्, ६० जना लामो समयदेखि जेल सजाय भोगिरहेका छन् र ४४५ जना गाजाका बासिन्दा हुन् जसलाई युद्धको समयमा पक्राउ गरिएको थियो ।

गत जनवरी १९ मा युद्धविराम भएदेखि हमासले लगातार बन्धक रिहा गरिरहेको छ । अहिलेसम्म हमासले यो सहित ३० बन्धक रिहा गरेको छ भने ४ जनाको शव पनि फिर्ता गरेको छ ।

हमासकै नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी भने अहिलेसम्म रिहा हुन सकेका छैनन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : ४७ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका