फोहोर संकलन दौड : स्वच्छ पोखराका लागि तीन हजार युवा « Khabarhub

फोहोर संकलन दौड : स्वच्छ पोखराका लागि तीन हजार युवा


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा–  शनिबार पोखराका सडकहरूमा एक फरक प्रकारको दौड देखियो- खेलको लागि होइन, सरसफाइको लागि। ‘स्वच्छ देश, हाम्रो परिवेश’ नारासहित आयोजित फोहोर संकलन दौडमा तीन हजारभन्दा बढी युवाले शहर सफा गर्न दौड लगाए।

प्रतियोगितामा सहभागीहरूले जोडी बनाएर १ घण्टासम्म फोहोर संकलन गरे। संकलित फोहोरलाई जोखेर बढी तौल निकाल्ने टोलीलाई पुरस्कृत गरियो। सौगात अधिकारी र सक्षम रानाभाट २०,३४ केजी फोहोर संकलन गर्दै प्रथम भए र ५० हजार रुपैयाँ जिते। दोस्रो स्थानमा रिजन थापा र अंकित विके (२०,३३ केजी) रहे भने तेस्रो स्थानमा जीवन र जेम्स राना (१७ केजी) परे।

दौडको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे। उनले भने, ‘सडकको फोहोर मात्र होइन, नागरिकको सोच पनि सफा हुन जरुरी छ। फोहोर नगर्ने बानी बसाल्न यस्ता अभियान महत्त्वपूर्ण छन् ।’

५ किमी लामो यो दौड पोखराको नदीपुरस्थित प्रतिभा माविबाट सुरु भई पालिखेचोक, महेन्द्रपुल, पृथ्वीचोक, न्युरोड हुँदै पुनः विद्यालयमै टुंगिएको थियो।

मैनादेवी फाउन्डेसन, पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सीलगायत संस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो। फाउन्डेसनका अध्यक्ष केपी खनालका अनुसार, स्वच्छ, सुन्दर र हरियाली सहर बनाउने अभियानलाई आत्मसात् गर्दै फोहोर नगर्ने बानीको प्रवर्द्धन गर्न दौड आयोजना गरिएको हो ‘।

१ हजार ५० किलो फोहोर संकलन भएको यो अभियानले पोखरालाई स्वच्छ बनाउने मात्र होइन, वातावरणीय सचेतना जगाउने लक्ष्य पनि राखेको छ।

‘अब सफाइ मात्र होइन, फोहोर नै नहुने संस्कृतिको विकास गर्नुपर्छ’ । मुख्यमन्त्री पाण्डेको भनाइ थियो।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : ५६ बजे

इरान युद्धको छायामा ट्रम्प-ताकाइची भेट : अमेरिका जापानसँग के चाहन्छ ?

वासिङ्टन– जापानकी प्रधानमन्त्री सानाए ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली– यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा

आज विश्व हिमनदी दिवस

काठमाडौं– आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूहले

शपथका लागि सांसद दुई घण्टा अगाडि उपस्थित हुनुपर्ने, थप के छ सूचनामा ?

काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय