फोहोर संकलन दौड : स्वच्छ पोखराका लागि तीन हजार युवा « Khabarhub

फोहोर संकलन दौड : स्वच्छ पोखराका लागि तीन हजार युवा


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा–  शनिबार पोखराका सडकहरूमा एक फरक प्रकारको दौड देखियो- खेलको लागि होइन, सरसफाइको लागि। ‘स्वच्छ देश, हाम्रो परिवेश’ नारासहित आयोजित फोहोर संकलन दौडमा तीन हजारभन्दा बढी युवाले शहर सफा गर्न दौड लगाए।

प्रतियोगितामा सहभागीहरूले जोडी बनाएर १ घण्टासम्म फोहोर संकलन गरे। संकलित फोहोरलाई जोखेर बढी तौल निकाल्ने टोलीलाई पुरस्कृत गरियो। सौगात अधिकारी र सक्षम रानाभाट २०,३४ केजी फोहोर संकलन गर्दै प्रथम भए र ५० हजार रुपैयाँ जिते। दोस्रो स्थानमा रिजन थापा र अंकित विके (२०,३३ केजी) रहे भने तेस्रो स्थानमा जीवन र जेम्स राना (१७ केजी) परे।

दौडको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे। उनले भने, ‘सडकको फोहोर मात्र होइन, नागरिकको सोच पनि सफा हुन जरुरी छ। फोहोर नगर्ने बानी बसाल्न यस्ता अभियान महत्त्वपूर्ण छन् ।’

५ किमी लामो यो दौड पोखराको नदीपुरस्थित प्रतिभा माविबाट सुरु भई पालिखेचोक, महेन्द्रपुल, पृथ्वीचोक, न्युरोड हुँदै पुनः विद्यालयमै टुंगिएको थियो।

मैनादेवी फाउन्डेसन, पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सीलगायत संस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो। फाउन्डेसनका अध्यक्ष केपी खनालका अनुसार, स्वच्छ, सुन्दर र हरियाली सहर बनाउने अभियानलाई आत्मसात् गर्दै फोहोर नगर्ने बानीको प्रवर्द्धन गर्न दौड आयोजना गरिएको हो ‘।

१ हजार ५० किलो फोहोर संकलन भएको यो अभियानले पोखरालाई स्वच्छ बनाउने मात्र होइन, वातावरणीय सचेतना जगाउने लक्ष्य पनि राखेको छ।

‘अब सफाइ मात्र होइन, फोहोर नै नहुने संस्कृतिको विकास गर्नुपर्छ’ । मुख्यमन्त्री पाण्डेको भनाइ थियो।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ७ : ५६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका