‘भाइरल गोर्खे’को टिजर : टिकटकमा भाइरल बन्न खोज्ने ‘गोपाल पाँडे’को कथा, देखिए धमला « Khabarhub

‘भाइरल गोर्खे’को टिजर : टिकटकमा भाइरल बन्न खोज्ने ‘गोपाल पाँडे’को कथा, देखिए धमला


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा रहेको फिल्म ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ ।

शुक्रबार युट्युबमा सार्वजनिक यस टिजरमा फिल्मका मुख्य पात्र सौगात, सृष्टि, बुद्धि तामाङ, राजामा पौडेललाई स्थान दिइएको छ ।

फिल्ममा सौगातले गोपाल पाँडे, सृष्टिले मिस गिताञ्जली, बुद्धिले थने मास्टर र राजरामले सोमपालको भूमिका निर्वाह गरेको टिजरबाट खुलाइएको छ ।

टिजरको सुरुवातमा सौगातले ‘गोबिन्दे’ पात्रभन्दा बढी टिकटकमा भाइरल बन्ने इगो राखेको दृश्यबाट सुरु हुन्छ । तर, उनले भाइरल भन्न र ‘भाइरस’ भन्छन् ।
उनले भन्छन्, ‘त्यो नाथे गोबिन्देभन्दा ठूलो भाइरस भएर देखाइदिन्छु म ।’

टिजरको त्यसपछिका दृश्यमा गोपाल पाँडे अर्थात सौगातले टिकटकमा भाइरल हुन देखाइएको हर्कतहरु समावेश गरिएको छ ।

टिजरले फिल्मको कथा ग्रामिण परिवेशको रहेको बताउँछ । टिजरमा पत्रकार ऋषि धमालमा रिपोर्टिङ गर्ने ‘पाँडे गाउँ’ पुग्छन् । फिल्म ‘पाँडे गाउँ’कै रहेको टिजरले संकेत गर्छ ।

यो फिल्म कमेडी जनराको यो फिल्मको प्रदर्शन मिति जेठ ३० गतेलाई तोकिएको छ ।

द जीएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा बनेको यो फिल्मको निर्माताहरु विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता हुन् । लेखक तथा निर्देशक निगम श्रेष्ठ हुन् ।

टिजरको लिंक :

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : ५७ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले