फ्रान्सेली महिला लिग : पिएसजीविरुद्ध साम्बाको दुई गोल « Khabarhub

फ्रान्सेली महिला लिग : पिएसजीविरुद्ध साम्बाको दुई गोल


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सेली महिला लिगको बलियो टिम पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध सावित्रा भण्डारी ‘साम्बा’ले दुई गोल गरेकी छन् ।

साम्बाले उनी सम्मिलित एन अभान्ट ग्वेङगाम्पको तर्फबाट दुई गोल गरेकी हुन् । उनको दुई गोलले टिमको हार भने टार्न सकेन ।

शुक्रबार घरेलु मैदानमा भएको खेलमा ग्वेङगाम्प पिएसजीसँग ६–२ गोलले पराजित भएको हो । ग्वेङगाम्पकाका लागि सावित्राले २२ औँ र ८८ औँ मिनेटमा गोल गरेकी हुन् ।

यो सिजन साम्बा संलग्न ग्वेङगाम्पले राम्रो प्रदर्शन गर्न सकेको छैन । १८ मा उनको टोलीले १७ खेल‌ गुमाएको छ । पिएसजी तालिकाको दोस्रो स्थानमा छ भने ग्वेङगाम्प पुछारमा छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : १२ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा