नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने « Khabarhub

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रथम महाधिवेशन पछि हिजो सुरु भएको पहिलो बैठक आज पनि जारी रहने भएको हो ।

आज केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि जवाफ दिएर आजै बैठक सकाउने तयारी रहेको छ । पहिलो दिन २० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । 

मध्य बानेश्वरस्थित एक क्याफेमा जारी बैठकमा संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले समसामयिक राजनीतिक विषय र अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दीका बारेमा धारणा राख्दै सम्बोधन गरेका छन् ।

बैठकमा पार्टीका प्रमुख संरक्षक चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ ।

साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरू पनि बैठकमा रहेका छन् ।

पार्टीको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८ गतेसम्म कैलालीको टिकापुरमा भएको थियो ।

पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : ३८ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली