प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन « Khabarhub

प्रचण्डको दाबी- म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा नहुने दाबी गरेका छन् । 

‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ जिल्ला समन्वय समिति चितवनले शनिबार आयोजना गरेको जागरण सभा सम्बोधनका क्रममा उनले बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिने बताए ।  

‘हजारौंको बलिदानबाट प्राप्त भएको उपलब्धि कुनै पनि हालतमा गुम्न दिने छैनौँ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘हामी जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुने छैन । बरु तिनलाई हामी सम्पूर्ण रूपले परास्त गर्नेछौँ ।’

उनले संविधानमा धेरै राम्रा कुराहरू परे पनि पूर्ण नभएका कारण संशोधन गरिनुपर्ने पनि बताए ।

‘हाम्रो जीवनकालमा यो संविधानलाई परिमार्जन गर्नुछ । यो संविधानमा केही धेरै राम्रा कुरा परेका छन् । सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, समुदायको निम्ति तर, ती पूरा छैनन्,’ प्रचण्डले भने, ‘पर्याप्त छैनन् । हामी अझै अरु उपलब्धिको निम्ति अगाडि जानु छ ।’ 

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय व्यवस्था नभएसम्म मुलुकमा राजनीतिक स्थिरिता र विकासले गति लिन नसक्ने पनि जिकिर गरे ।

‘यो संविधानलाई उपयुक्त हुने शासकीय स्वरुप भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हो,’ प्रचण्डले भने, ‘जबसम्म यो देश त्यहाँ पुग्दैन, तबसम्म राजनीतिक स्थिरिता र विकासले गति लिन सक्दैन ।’

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ३ : ३९ बजे

विधानविपरीत केही व्यक्तिले विशेष महाधिवेशनका नाममा भेला डाके : कावा सभापति खड्का

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टीको विधानविपरीत केही व्यक्तिहरूले

‘विशेष महाधिवेशन विखण्डनको थलो हो, त्यता नजाऊँ भन्दा मानेनन्’

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोषद्वारा ५१ लाख सहयोग

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र