तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने « Khabarhub

तालमेलको टुंगो नभएपछि एमालेले सबै १६५ क्षेत्रमै उम्मेदवारी दिने


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितका शक्तिसँग तालमेल र गठबन्धनको सम्भावना नदेखिएपछि नेकपा एमालेले सबै १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने भएको छ।

एमालेले शनिबार सचिवालय बैठक बसेर सबै १६५ क्षेत्रमै प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भएको छ।

सभापति शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच तालमेलका लागि कुरा अघि बढे पनि बिहीबारदेखि कांग्रेस दुई चिरामा विभक्त भएपछि एमाले एक्लै अघि बढ्न लागेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकले सबै १६५ क्षेत्रमै उम्मेदवार खडा गर्ने निर्णय लिनेछ ।

फागुन २१ को निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम छ । यो अवस्थामा एमालेले शनिबार ती सबै क्षेत्रका उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रुपमा तल्ला कमिटीबाट सिफारिस भएर आएको छ ।

हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो भएको छैन । त्यहीकारण एमालेले सबै क्षेत्रमा सूर्य चिह्नवाहक उम्मेदवार खडा गर्न लागेको हो ।

कांग्रेसको शेरबहादुर देउवा समूहसँग तालमेल हुन सक्ने कुरा बिहीबार एमाले सचिव महेश बस्नेतले बताएका थिए । तर कांग्रेस आफैं आन्तरिक झगडाका कारण दुई समूहमा विभक्त भएकाले तत्काल उनले भनेजस्तो सम्भावना पनि देखिएको छैन ।

कांग्रेसमा देउवा र गगन थापा समूहमध्ये कसलाई निर्वाचन आयोगले अधिकारिकता दिन्छ टुंगो भइसकेको छैन । बिहीबार र शुक्रबार दुवै समूह निर्वाचन आयोगमा धाइरहेका छन् ।

यस्तोमा कांग्रेसको विवादबारे निर्णय नदिई आयोगले प्रत्यक्षतर्फको मनोनयन गराउने सम्भावना क्षीण छ । यस्तोमा आयोगले कम्तीमा एक सातालाई मनोनयन समय बढाउन सक्ने सम्भावना पनि प्रवल छ ।

उता २०७९ को चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालसँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेको एमाले यस पटक जेन-जी आन्दोलनपछि सबैभन्दा दबाबमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा नौ महिना जेल बसेर निस्किएयता आक्रमक गतिविधि बढाइरहेका छन् ।

कांग्रेसको विभाजन र रास्वपाको बढ्दो प्रभावबीच अहिलेलाई सबैभन्दा ठूलो दल एमालेलाई २०७९ को उपलब्धि जोगाउनुपर्ने चुनौती खडा भएको छ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ३३ बजे

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर

गण्डकी प्रदेशमा सर्पदंशका बिरामी वृद्धि

मध्यविन्दु- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य

इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनल खेल नजिकिँदै गर्दा खासगरी इङ्ग्ल्यान्ड र

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की– मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय