गुणस्तरीय चलचित्र निर्माण गरे 'विदेशी चले हाम्रो चलेनन्' भन्ने दिन रहँदैन : मन्त्री पाण्डे  | Khabarhub Khabarhub

गुणस्तरीय चलचित्र निर्माण गरे ‘विदेशी चले हाम्रो चलेनन्’ भन्ने दिन रहँदैन : मन्त्री पाण्डे 


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र निर्माण गर्न सकेको अवस्थामा विदेशीभन्दा र स्वदेशी चलचित्र चल्ने बताएका छन् । 

आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मन्त्री पाण्डेले चलचित्र भौतिक र अभौतिक सुन्दरता बोक्ने बताउँदै चलचित्र उद्योग त्यसतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । 

‘चलचित्र बनाउने विषय निर्माताको विषय मात्रै होइन, एउटा चलचित्र सफल भएको अवस्थामा निर्माता, निर्देशक, कलाकारसहित समग्र मुलुकले फाइदा लिन सक्छ,’ उनले भने, ‘आशाको सञ्चार गर्नका निम्ति पनि चलचित्र प्रभावकारी माध्यम बन्न सक्छ ।’ 

मन्त्री पाण्डेले विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका धरोहरहरू समेटेर चलचित्र उद्योगीहरू अघि बढे नेपालले पर्यटन क्षेत्रमा लाभ लिन सक्ने बताए । उनले चलचित्रकर्मीहरूले साँघुरो मानसिकताभन्दा माथि उठेर विश्वव्यापिकरणको रूपमा सोच राख्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ४ : ४३ बजे

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन १६ गते शुक्रबार। साउन

आज २०८२ साल साउन १६ गते शुक्रबाको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १६ गते शुक्रबार। साउन

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ