टर्कीएमा सरकारको विरोध गर्दै हजारौँ प्रदर्शनकारी सडकमा « Khabarhub

टर्कीएमा सरकारको विरोध गर्दै हजारौँ प्रदर्शनकारी सडकमा


८ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेनसी– इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीएको आन्तरिक संकट गहिरिएको छ ।

हजारौँ मानिस सडकमा ओर्लिएका छन् र धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप र गिरफ्तारी भएको छ। राजनीतिक उथलपुथलका बीच टर्कीएको शेयर बजारमा विगत दुई दशकयताकै सबैभन्दा ठूलो गिरावट आएको छ भने टर्कीएको मुद्रा लिरामा पनि गिरावट आएको छ ।

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बढ्दो प्रदर्शनको निन्दा गर्दै शुक्रबारको प्रार्थनापछि आफ्नो सरकारले ‘तोडफोड’ र ’सडकमा देखिएको आतंक’ विरुद्ध कुनै सम्झौता नगर्ने बताएका छन् । उनले भने, ‘हामी सार्वजनिक अव्यवस्था स्वीकार गर्दैनौँ ।’

टर्कीएका विपक्षी नेतालाई पक्राउ गरेपछि प्रदर्शनकारीहरू देशभरका सडकमा उत्रिएका छन् । सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि सीएचपीको उम्मेदवार घोषणा हुनुभन्दा केही दिनअघि बुधबार प्रहरीले इकराम इमामोग्लुलाई भ्रष्टाचार र चरमपन्थी समूहलाई सहयोग गरेको आरोपमा पक्राउ गरेको थियो ।

एक दिन अघि, इस्तानबुल विश्वविद्यालयले इमामोग्लुको डिप्लोमालाई अवैध घोषित गरेको थियो। राष्ट्रपति पदका उम्मेदवारका लागि विश्वविद्यालयको डिग्री वा डिप्लोमा अनिवार्य छ ।

सीएचपीको राष्ट्रपति मनोनयनको चुनाव आइतबार हुन गइरहेको छ, जसमा १५ लाख सदस्यहरूले मतदान गर्नेछन् र इमामोग्लु एक मात्र उम्मेदवार हुन् ।इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुलाई राष्ट्रपति एर्दोगानको मुख्य प्रतिद्वन्द्वी मानिन्छ ।

टर्कीएमा प्रदर्शनमा लगाइएको प्रतिबन्धको अवज्ञा गर्दै प्रदर्शनकारीहरू शुक्रबार तेस्रो दिन पनि सडकमा उत्रिएका छन् । टर्कीएको गृह मन्त्रालयले बिहीबार ५३ र शुक्रबार ९७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सीएचपी एक धर्मनिरपेक्ष राजनीतिक पार्टी हो र इमामोग्लुलाई राष्ट्रपति एर्दोगानको सबैभन्दा बलियो राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिन्छ । प्रशासनले अनुसन्धानको सिलसिलामा इमामोग्लुसहित १०० भन्दा बढी राजनीतिज्ञ, पत्रकार र व्यापारिक नेताहरूलाई गिरफ्तार गरेको छ । 
 

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ५ : २९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया