नेपाल-चीन सम्बन्धको ७० वर्ष पूरा- पोखरा सभागृह पुनर्निर्माणमा सघाउने प्रतिबद्धता | Khabarhub Khabarhub

नेपाल-चीन सम्बन्धको ७० वर्ष पूरा- पोखरा सभागृह पुनर्निर्माणमा सघाउने प्रतिबद्धता


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पोखरा– चिनियाँ दूतावासका प्रतिनिधि वाङ सिनले पोखरा सभागृह पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएका छन् । हालै पोखरामा आयोजित सांस्कृतिक कार्यक्रममा उनले उक्त प्रतिवद्धता जनाएका हुन् । चिनिँया सहयोगमा २०४२ सालमा निर्माण भएको पोखरा सभागृह अहिले जीर्ण छ । 

पोखरा महानगरपालिकाले पुनर्निर्माणका लागि डीपीआर तयार पारे पनि बजेटको अभावमा बनाउन सकिरहेको छैन । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले कार्यक्रममा सहभागी चिनियाँ दूतावासका डिसियम वाङ सिनलाई सुनाएकी थिइन् । सिनले पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएको पोखरा महानगरपालिकाकी उपमेयर गुरुङले बताइन् । 

पोखरेलीको लगानीमा चिनिँया ठेकेदारले पोखरा सभागृह निर्माण गरेको पोखरेली उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताए । चीनको वाटर इन्जिनियरिङ कर्पोरेसनले सभागृह निर्माणको काम पाएको उनले सुनाए । त्यतिबेला पोखरेलीले पैसा जोहो गरेर र सभागृह निर्माणकै लागि छुट्टै करसमेत उठाएर रकम जम्मा गरेको उनले बताए । 

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा पोखरामा चिनियाँ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । पोखरा सभागृहमा चिनियाँ कलाकारले आफ्नो मौलिक गीत र नृत्यसहितको प्रस्तुति दिएका छन् । चिनियाँ कलाकारको टोली मंगलबार चीनको छेन्दुबाट सिचुवान एयरलाइन्समा सोझै पोखरा आएका थिए । चिनियाँ सांस्कृतिक कार्यक्रममा चिनियाँ र नेपाली कलाकारले आआफ्नो देशको संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

सांस्कृतिक कार्यक्रम सुरु हुनुअघि गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरा–छेन्दु सिधा हवाई सेवा सुरु भएकोमा खुसी व्यक्त गर्दै यसबाट गण्डकी प्रदेश र नेपालकै पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । 

चीन सरकारले यस वर्ष सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रूपमा तय गरेकोमा खुसी व्यक्त गर्दै चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरे । कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूतावासका डिसियम वाङ सिनले चीन नेपाल ७० वर्ष पुगेको यस अवसरमा नियमित व्यावसायिक चार्टर्ड उडान सुरु भएकोमा खुसी व्यक्त गरे ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ६ : २७ बजे

चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

एजेन्सी – चीनले मंगलबार ‘लिजियन–१ वाई १०’ नामक प्रक्षेपण यान

अन्तिमसम्म कोसिस गर्दा पनि विद्यालाई मोरङमा छेक्न सकेन ओली पक्षले

काठमाडौं – विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन सोमबार कोशी

आर्थिक वर्षको पहिलो महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको औद्योगिक क्षेत्रमा

सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन : महासचिव पोखरेल

सिन्धुपाल्चोक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको

युक्रेन जोगाउन अमेरिकी सैनिक जाँदैन : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग युद्धरत युक्रेनको सुरक्षा