परिवर्तन पक्षधर एकताबद्ध हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

परिवर्तन पक्षधर एकताबद्ध हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले परिवर्तनकारी दलका नेताहरूले गरेका कमजोरीका कारण प्रतिगमनकारी सक्रिय हुनथालेका बताएका छन् ।

समाजवादी प्रेस सङ्गठनलगायत संस्थाले सौर्य एयरलाइन्स दुर्घटनाका मृतकको स्मृतिमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा सुशासन, रोजगारी सिर्जना र सामाजिक तथा आर्थिक रूपान्तरण हुन नसकेकाले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिमाथि प्रतिगामी समूहले प्रश्न उठाएको बताए ।

पूर्वप्रधानमन्त्री खनालले प्रतिगमनलाई रोक्न देश विकासलाई गति दिन परिवर्तन पक्षधर एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले सामाजिक न्याय, समानता र औद्योगीकरणका माध्यमबाट जनजीविका र सामाजिक रूपान्तरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई पार्टीको महाधिवेशनले अनुमोदन गरेको भए पनि त्यसलाई कार्यान्वयन नगरिएकामा चिन्ता व्यक्त गर्दै सम्मानित नेता खनालले अब वैज्ञानिक समाजवादसम्बन्धी आवश्यक नीति तथा कार्यक्रम अविलम्ब जनतासमक्ष पुर्याउन भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को गलत सूचना र निर्णयले हवाई दुर्घटना हुने गरेको बताउँदै उनले सौर्य विमान दुर्घटनाको छानविन गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १० : ५६ बजे

जबर्जस्ती हटाइएका सुकुम्वासी घर न घाटका : सरकारसँग अझै छैन व्यवस्थापन योजना

काठमाडौँ- १२ वैशाखमा सरकारले काठमाडौँ महानगरपालिका–३१ मनोहरा खोलाकिनार थापाथलीमा अवस्थित

विपक्षीको आरोप : सरकारले सुकुम्वासीलाई जबर्जस्ती हटाएर पानीमा डुब्न बाध्य बनायो

काठमाडौं- प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा पनि विपक्षी दलहरूले विरोध

राजमार्ग सुचारु हुन थालेसँगै बसपार्कमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– हिजो रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग लगायत

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

मनाङ– विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)भित्र जैविक विविधताको दिगो संरक्षण

ज्ञानेन्द्र शाहीको प्रश्न : सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ?

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक