कोलकातालाई हराउँदै बैंगलुरुको विजयी सुरुवात « Khabarhub

कोलकातालाई हराउँदै बैंगलुरुको विजयी सुरुवात


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी सुरुवात गरेको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बैंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाए पूरा गर्यो ।

बैंगलुरुका लागि विराट कोहली र फिल साल्टले अर्धशतक प्रहार गरे । ३६ बलको सामना गरेका कोहलीले ३ छक्का र ४ चौकासहित ५९ रन बनाए । त्यस्तै साल्टले ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रनको योगदान दिए । कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन बनाए ।

बलिङतर्फ कोलकाताका वैभव अरोरा,वरुण चक्रवर्ती, सुनिल नारायणले एक एक विकेट लिए ।

त्यसअघि कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाता निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

कोलकोताका लागि कप्तान अजिंक्य रहानेले ५६ रनको अर्धशतकीय पारी खेले। यस्तै सुनिल नारायणले ४४ रन बनाए । अंगक्रिस रघुवंशीले ३० रन बनाए। त्यस्तै रिंकु सिंहले १२ रन बनाउँदा ओपनर क्विन्टन डी कक ४ रनमा आउट भए ।

बैंगलुरुका लागि कुर्नाल पाण्ड्यले तीन विकेट लिए । चार ओभर बलिङ गरेको कुर्नालले २९ रन खर्चिए । यस्तै जोश हेजलवुड दुई विकेट लिए।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ११ : १४ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका