कोलकातालाई हराउँदै बैंगलुरुको विजयी सुरुवात « Khabarhub

कोलकातालाई हराउँदै बैंगलुरुको विजयी सुरुवात


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी सुरुवात गरेको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बैंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाए पूरा गर्यो ।

बैंगलुरुका लागि विराट कोहली र फिल साल्टले अर्धशतक प्रहार गरे । ३६ बलको सामना गरेका कोहलीले ३ छक्का र ४ चौकासहित ५९ रन बनाए । त्यस्तै साल्टले ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रनको योगदान दिए । कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन बनाए ।

बलिङतर्फ कोलकाताका वैभव अरोरा,वरुण चक्रवर्ती, सुनिल नारायणले एक एक विकेट लिए ।

त्यसअघि कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाता निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

कोलकोताका लागि कप्तान अजिंक्य रहानेले ५६ रनको अर्धशतकीय पारी खेले। यस्तै सुनिल नारायणले ४४ रन बनाए । अंगक्रिस रघुवंशीले ३० रन बनाए। त्यस्तै रिंकु सिंहले १२ रन बनाउँदा ओपनर क्विन्टन डी कक ४ रनमा आउट भए ।

बैंगलुरुका लागि कुर्नाल पाण्ड्यले तीन विकेट लिए । चार ओभर बलिङ गरेको कुर्नालले २९ रन खर्चिए । यस्तै जोश हेजलवुड दुई विकेट लिए।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ११ : १४ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको