आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख ९ गते मंगलबार। वैशाख कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अप्रिल २२ तारिख। विश्व पृथ्वी दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आजको दिन उत्साहपूर्ण बन्नेछ। आम्दानीको बाटो खुल्नेछ। शिक्षामा प्रगति हुनेछ। खर्चबाट जोगिनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : मिहिनेत गरेमा सफलता प्राप्त हुने दिन छ। तपाईंको कामले समाजमा प्रतिष्ठा बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। आज ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ। जुनसुकै काममा पनि परिवारको साथ मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। मान्यजनबाट सम्मान प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीको अवसर आए हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। यात्रा रमाइलो बन्नेछ। तपाईंका गल्ती खोज्ने व्यक्ति सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्ने हुन्छ। कमाउने भन्दा जोगाउने दिन भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

सिंह : संघर्षबाट काम बन्नेछ। संकटमा साथीले साथ मिल्नेछ। शिक्षाको लगानीमा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीले आर्थिक क्षेत्रमा उत्साह थप्नेछ।

कन्या : समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। सामाजिक क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो रहनेछ

तुला : दिन सामान्य छ। विवेकपूर्ण निर्णय गर्नुपर्ने छ। तपाईंको महत्त्वपूर्ण निर्णयले समाजमा सम्मान प्राप्त हुनेछ। परिवारलाई वेवास्था गरेमा खटपटी हुनेछ। तपाईंले गरेको लगानीको उचित मूल्यांकन हुनेछ।

वृश्चिक : मिहिनेत गर्नुपर्ने दिन छ। परीक्षा लेख्नुपर्ने भए पढाइलाई थप समय छुट्याउनु राम्रो हुनेछ। स्वास्थ्यमा सामान्य सुधार हुनेछ। राजनीतिमा सफलता मिल्नेछ। श्रमको मूल्यांकन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : धनलक्ष्मी योग परेको छ। आफ्नो बोलीको प्रभावले राम्रो काम बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा समस्या आइपर्न सक्छ। स्वदेशको भन्दा विदेशको लगानीबाट नाफा हुनेछ।

मकर : तपाईंका लागि आजको दिन धेरै राम्रो छ। अचानक धन आर्जन हुनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। मिहिनेत गरेको क्षेत्रबाट मिठो फल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। हरेक क्षेत्रमा मिहिनेत र प्रयास गर्नु आवश्यक देखिन्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा सबै काम सफल बन्नेछ। विदेश जाने योजना भए यात्रा सहज बन्नेछ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ५ : ०३ बजे

सहकारीमा कार्यरत रेश्मिका मृत भेटिइन्

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष

गाजामा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

एजेन्सी– एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मंगलबार गाजा

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै