रेस्टुरेन्टमा खाएर डिएसपी हुँ भन्दै पैसा नतिर्ने व्यक्ति पक्राउ « Khabarhub

रेस्टुरेन्टमा खाएर डिएसपी हुँ भन्दै पैसा नतिर्ने व्यक्ति पक्राउ


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिका-८ स्थित सृजनाचोकमा रहेको ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा प्रहरीको उच्च पदस्थ अधिकृत हुँ भन्दै अभद्र व्यवहारमा संलग्न एक जना व्यक्ति पक्राउ परेका छन्।

२०८२ साल वैशाख ७ गते राति करिब १० बजे ३२ वर्षीय चन्द्रकान्त पौडेलले खाना खाएपछि आफू प्रहरी नायब उपरीक्षक (डिएसपी) भएको भन्दै पैसा नतिरी अभद्र व्यवहार गरेका थिए। घटनाबारे प्रहरीलाई खबर भएपछि बाग्लुङ नगरपालिका वडा नम्बर ४ कुडुलेफेदी घर भएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनलले रेष्टुरेन्टमा अर्डर गरेर खानेकुरा खाएपछि आफू डिएसपी भएको बताउँदै काउन्टरमा कार्यरत कर्मचारीलाई धाक धम्की दिँदै अभद्र व्यवहार गरेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना