केन्द्रीय बैंकका प्रमुखविरुद्ध ट्रम्प आक्रामक बन्दा ओरालो लाग्यो अमेरिकी शेयर बजार « Khabarhub

केन्द्रीय बैंकका प्रमुखविरुद्ध ट्रम्प आक्रामक बन्दा ओरालो लाग्यो अमेरिकी शेयर बजार


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकका प्रमुख विरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि अमेरिकाको स्टक बजार फेरि ओरालो लागेको छ।

सामाजिक सञ्जालमा ट्रम्पले सङ्घीय रिजर्भका प्रमुख जरेमी पावेललाई ब्याजको दायरा नघटाएकोमा कटाक्ष गरेका हुन्। राष्ट्रपति ट्रम्पले अर्थतन्त्रलाई उकास्नका लागि तत्काल ब्याजदर घटाउन भनेका थिए।

ट्रम्पले पावेलको ढिला सुस्तीका कारण अर्थतन्त्र अत्यन्त ओरालो लागेको तथा ब्याजदर घटी रहेको र उनी नै सबै भन्दा असफल रहेको भन्दै केन्द्रीय बैंक प्रमुखलाई ‘मिस्टर लुजर’को संज्ञा दिएका हुन्।

अहिले अमेरिकाको पाँच सय भन्दा ठुला कम्पनीको ट्र्याक गर्ने सबै भन्दा ठुलो एसएन्ड पी पाँच सयको सेयर २.४ प्रतिशतले घटेको छ। यो वर्षको सुरुवातदेखि यसको कुल मूल्यमा १२ प्रतिशत गिरावट आएको छ।

JPG converted with https://ezgif.com/webp-to-jpg

डा. जोन्स औद्योगिक औसत २.५ प्रतिशतले घटेको छ। डा. जोन्स औद्योगिक औसत २.५ प्रतिशतले ओरालो लागेको छ भने यस वर्षको यसको मूल्यमा १० प्रतिशत गिरावट आएको छ। नास्डक मा २.८ प्रतिशत गिरावट आयो। यस वर्ष नास्डकको मूल्य १८ प्रतिशतले गिरेको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : ५८ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको