मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ परिवारलाई मुआब्जा  « Khabarhub

मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ परिवारलाई मुआब्जा 


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ ।

केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो ।

जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार ९६७ रकम प्रदान गरिएको केन्द्रका प्रमुख इञ्जिनियर पशुपति गौतमले जानकारी दिए । उनका अनुसार जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ र घर टहराका लागि तीन करोड ९० लाख ९९ हजार ३१५ वितरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको थियो ।

आँबुखैरेनी गाउँपालिका- २ एक्लेफाँटका बासिन्दा डुबानमा परेपछि मुआब्जाका लागि आन्दोलन गर्दै आएका थिए । अहिले मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएका छन् ।

केन्द्रको बाँध किनारमा रहेका स्थानीयको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि निर्धारण गरिएको मुआब्जा वितरण कार्य पूरा भएको केन्द्रका प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले सो क्षेत्रको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरिएको हो ।

मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए ।

मुआब्जा पाउन सङ्घर्ष गर्नुपरेको भन्दै ढिलै भएपनि मुआब्जा पाएपछि प्रभावित बासिन्दा खुसी भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : ३० बजे

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक

जनस्वास्थ्यको प्रमुख समस्या बन्दै सडक दुर्घटना, हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्दो 

काठमाडौं– नेपालका सडकहरू दिनानुदिन झन् असुरक्षित बन्दै गएका छन् ।

चिनी उद्योगको मेसिनमा च्यापिएर एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज– पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात