सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण « Khabarhub

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगेर खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

टोलीले कार्यालय सहायक प्रमुख प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटी पानी सहज आपूर्ति नहुँदा पर्यटन क्षेत्रले भोग्नुपरेको समस्याबारे जानकारी गराउँदै यसको समाधानका लागि आग्रह गरेको सङ्घका अध्यक्ष सुवेदीले बताए ।

पर्यटकीय राजधानी पोखरामा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको अवस्थामा पानीको आपूर्ति सहज नहुँदा व्यवसायमा समस्या परेको बताउँदै पर्यटकको बढी चहलपहल हुने लेकसाइड, ड्यामसाइडलगायत क्षेत्रमा खानेपानी प्राप्तिमा कठिनाइ हुनु दुःखद् भएको सङ्घले उल्लेख गरेको छ । यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जान सक्नेतर्फ सबै सचेत हुनुपर्ने सुवेदीको भनाइ छ ।

संस्थान प्रमुख कार्कीले सन् २०१५ को पुरानो आयोजनाअनुसार अघि बढेको आयोजना भएकाले जाइकाले ल्याएको पानीले पनि पोखरेलीको आवश्यकता पूरा गर्न नसकिएको बताउँदै चुहावट र चोरीको समस्या रहेको बताए ।

उपभोक्तालाई आवश्यकताअनुसारको पानी दिन पाए आफूहरूको पनि आम्दानी बढ्ने बताउँदै उनले सहज पानी आपूर्तिका लागि प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : २० बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको