दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो « Khabarhub

दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रूपन्देही–  रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– २ अर्दौलीस्थित दानव नदीमा सोमबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थप दुई बालकको शव फेला परेको छ ।

सशस्त्र प्रहरी बलको गोताखोरले मङ्गलबार बिहान १३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरिजनको शव नदीबाट निकालेको हो ।

बेपत्ता भएका बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।

सुरक्षा वेश लुम्बिनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइरालाको कमाण्डमा खटिएको गोताखोर सहितको टोलीले मङ्गलबार बिहान बेपत्ता भएकै स्थानबाट दुई बालकको शव  फेला पारेको हो ।

बेपत्ता भएकामध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ नै फेला परेको थियो । 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ३५ बजे

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक

जनस्वास्थ्यको प्रमुख समस्या बन्दै सडक दुर्घटना, हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्दो 

काठमाडौं– नेपालका सडकहरू दिनानुदिन झन् असुरक्षित बन्दै गएका छन् ।

चिनी उद्योगको मेसिनमा च्यापिएर एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज– पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात