पूर्वपश्चिम लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र « Khabarhub

पूर्वपश्चिम लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कनकाई नगरपालिका– ४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारको सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर (किमी) सडकको कालोपत्रको काम थालिएको हो ।

कुल ११ किमी लक्ष्मीमार्गको ६ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको कनकाई– ४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिए ।

लक्ष्मीमार्ग कालोपत्र भएपछि पूर्वपश्चिम लोकमार्गसँग कनकाई नगरपालिका– ४ र ५ हुँदै झापा गाउँपालिकाको सिधा सम्पर्क हुने उनको भनाइ छ ।

थोरै बजेटबाट केही सडकखण्ड कालोपत्र गरिएको बताउँदै उनले प्रदेश र सङ्घीय सरकारले यो वर्ष बजेट उपलब्ध गराएकाले सडक कालोपत्र सम्पन्न हुने क्रममा रहेको बताए । वर्षा सुरु हुनुपूर्व वैशाख मसान्तभित्रै सडक कालोपत्र सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।

कनकाई नगरपालिकाको एकल ६५ लाख रुपैयाँको लागतमा सात सय मिटर, प्रदेश सरकार र स्थानीय तहको साझेदारी कनकाई नगरको ४५ लाख र कोशी प्रदेश सरकारको एक करोड २० लाखको लागतमा एक हजार ३०० मिटर र सङ्घीय सरकारको पाँच करोड २० लाखको लागतमा तीन हजार २०० मिटर सडक निर्माण भइरहेको वडाध्यक्ष सुवेदीले बताए ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडकमा विभिन्न पाँचवटा निर्माण कम्पनीले धमाधम काम गरिरहेका छन् । सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने वडाध्यक्ष सुवेदी बताए । 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ५८ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००