‘दिनभरको ज्यालाबाट जनताले पञ्चायतकालमा भूमिगत नेता पालेका थिए’ « Khabarhub

‘दिनभरको ज्यालाबाट जनताले पञ्चायतकालमा भूमिगत नेता पालेका थिए’


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हरेक वर्तमान इतिहासको जगमा उभिने बताएका छन् ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले एमाले गौरवशाली इतिहासको जगमा उभिएको पार्टी भएको बताए ।

एमाले एउटा जीवन्त इतिहास बोकेको पार्टी भएको उनले स्पष्ट पारे । ‘हरेक वर्तमान इतिहासको जगमा उभिएको हुन्छ, हरेक भविष्यलाई कहीँ न कहीँ इतिहासले दिशानिर्देश गरिरहेको हुन्छ, इतिहास बिर्सियो भने न वर्तमानमा टेक्न सकिन्छ न भविष्यलाई सुरक्षित बनाउन सकिन्छ’, ज्ञवालीले भने ।

कहिलेकाहीँ मन अलमल र द्विविधा भएको बेला नेपालको कम्युनिष्ट पार्टीको इतिहास र अग्रजको दुःख सम्झिँदा अघि बढ्ने बाटो खुल्ने उनले बताए ।

हिजो भूमिगत कालमा सेल्टरदाताले ज्यानको परवाह नगरी नेता र पार्टीलाई जोगाएका उनले स्पष्ट पारे । दिनभर ज्याला गरेर कमाएर ल्याएकाले आफू भोकै बसेर कम्युनिष्ट पार्टीका नेताहरू पालेका उनले स्मरण गराए ।

‘हाम्रो पार्टी जनताको आश्रयमा बजेको पार्टी हो, हाम्रो त्यो कैरवपूर्ण यात्रा अहिले सम्झिँदा अहिले पनि आङ सिरिङ्ग गर्छ’, उनले भने ।

नाम ढाँटेर हिँड्नु पर्ने, कयौँ दिन वडामा बस्नु पर्ने, दिनभरि दिसा-पिसावसमेत नगरी बस्नु पर्ने नेताहरूको विगतको इतिहास भएको उनले बताए ।

कतिपय रात बच्नकै लागि मसानघाटमा बिताउनु परेको नेताहरूको इतिहास रहेको उनले स्मरण गरेका छन् ।

स्वतन्त्र समाजमा जन्मिएकाले विततमा अग्रजहरूले कति दुःख-हण्डर खाए भन्ने कुरा बुझ्नु पर्ने उनले बताए । त्यो बुझिए यो व्यवस्थाप्रतिको आस्था र विश्वास बढ्ने उनको धारणा छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ५७ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र