प्रधानमन्त्रीको आरोप- ज्ञानेन्द्रले शाही शासनका बेला काटेको टेलिफोनको तार अझै फिर्ता गरेनन् « Khabarhub

प्रधानमन्त्रीको आरोप- ज्ञानेन्द्रले शाही शासनका बेला काटेको टेलिफोनको तार अझै फिर्ता गरेनन्


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहमाथि खनिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संविधान नमान्ने पूर्वराजा अहिले आएर संवैधानिक हुन खोजेको पनि बताए ।

‘जनताले भनेको नमान्ने, जनताले बनाएको संविधान नमान्ने । जनताले ल्याएको लोकतन्त्र नमान्ने । जनताको प्रणाली नमान्ने । जनताको सार्वभौम सत्ता नमान्ने । जनताको सर्वोच्चता नमान्ने । जनता शक्तिका स्रोत हुन् भन्ने नमान्ने अनि जनताको चहानाअनुसार भन्ने ?’, ओलीले प्रश्नसहित भने,‘अनि पैसा तिरेका चारवटा गुन्डा सहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, पार्टी कार्यालयहरूमा तोडफोड गर्न लगाएर, व्यक्तिका घरहरूमा तोडफोड गर्न लगाएर व्यापार बिजनेसमा आक्रमण गर्न लगाएर देश धेरै बिग्रियो हामी सपार्न आउँछौँ, साथ देऊ, म अगाडि बढ्छु भनेर आह्वान गर्ने ?

उनले २०५८ जेठ १८ गते तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डपछि राजगद्दी सम्हालेका ज्ञानेन्द्रले कू गरेर सबैलाई थुनेको पनि आरोप लगाए ।

‘हामीले देखेका छैनौँ, २०५८ सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा हामी सबैलाई थुनेर निरंकुशता लादेको ?’, उनले भने, ‘अहिले प्रेस के भन्दैछन् म बुझ्दिनँ, त्यति बेला त समाचार भन्नेका पछाडि आर्मी उभिन्थे। आर्मी पछाडि बसेर स्टुडियोबाट समाचार भनेको होइन ?’

उनले २०५८ असोज १८ र २०६० माघ १९ मा दुई पटक कू गर्ने क्रममा पत्रकार कार्यालयमै साँचो लगाउन सेना खटाएको पनि बताए ।

‘साँचो लगाउन गएको होइन प्रेसमा, समाचार बन्द गरिएको होइन पत्रिकाहरूको । त्यसबेला टेलिफोनको लाइन काटेर नपुगेपछि तारसमेत काटिएको थियो’, ओलीले भने, ‘कस्तो मुर्ख होला, लाइन काटेपछि त सकियो नि तार पनि काटेको थियो । त्यो तार अहिलेसम्म फिर्ता गरेका छैनन् ज्ञानेन्द्र शाहले ।’

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : १९ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को