‘महाभोज’को टिजर : सहकारीको पैसा हिनामिना मुद्दा, गाउँपालिका अध्यक्ष बने आर्यन « Khabarhub

‘महाभोज’को टिजर : सहकारीको पैसा हिनामिना मुद्दा, गाउँपालिका अध्यक्ष बने आर्यन


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १५ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘महाभोज’को टिजर सार्वजनिक भएको छ । टिजरमा सहकारीको बचत हिनामिनाको मुद्दा समावेश भएको पाइएको छ ।

फिल्ममा खगेन्द्र लामिछाने र नायिका अञ्जना बराइली जोडीको भूमिकामा रहेको टिजरले खुलाउँछ । उनीहरु आर्थिक संकटमा परेको दृश्यबाट टिजरको सुरुवात हुन्छ । टिजरभर नै यो जोडी यही समस्याबाट ग्रसित देखिन्छ ।

नायक दयाहाङ राईले फिल्ममा ‘चन्द्र’ नामक पात्रको भुमिका निर्वाह गरेको खुलाउँछ । उनी सहकारीसँग सम्बन्धित व्यक्ति हुन्छन् । उनको जोडीको भूमिकामा नायिका गौमाया गुरुङ छिन् ।

नायक आर्यन सिग्देल गाउँपालिका अध्यक्षको भूमिकामा रहेको निर्माण पक्षले खुलाएको छ । टिजरमा आर्यन सिग्देलले एक संवाद ‘चन्द्र’सँग सम्बन्धित छ ।

उनले भन्छन्, ‘चन्द्रेले यहाँ ठूलै गढबढी गरेको छ ।’

टिजरमा ‘हाम्रो पैसा फिर्ता गर’ भन्ने नारा लगाएको सुनिन्छ । यसले चन्द्रको भूमिकामा रहेका दयाहाङले सहकारीको बचत हिनामिना गरेको संकेत गर्छ ।

फिल्मले आर्थिक संकटमा परेको व्यक्ति, सहकारी बचत हिनामिना र त्यसले उत्पन्न समस्यामा कथा उठान गरेको संकेत गर्छ ।

टिजरको अन्त्यमा नायिक मलिका महत कानुनी झमेलामा परेको देखाइएको छ । दयाहाङ आक्रोशित बनेर एक व्यक्तिको घरमा आक्रमण गर्न गएका छन् । यी दृश्यले दर्शकलाई फिल्मप्रति कौतुहलता प्रदान गर्न सक्छ ।

फिल्ममा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय रहेको बताइएको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता हिमाल कडरिया हुन् । कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ४ : ५७ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण