प्रचण्डलाई प्रश्न– के हो पृथ्वीपथ ? | Khabarhub Khabarhub

प्रचण्डलाई प्रश्न– के हो पृथ्वीपथ ?


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस डाँडामा प्रचण्डलाई पत्रकारले प्रश्न तेर्स्याए – ‘हामीले मार्क्सपथ, लेनिनपथ, माओपथको धेरै कुरा गर्‍यौं, अब ‘पृथ्वीपथ’मा जाऔं भनेर एउटा पक्षबाट कुरा आएको छ । यसमा तपाईं के भन्नुहुन्छ ?’

‘यस्तो असम्भव कुरा केही मान्छेले बोकेर हिँडेका छन् । यो उहाँहरूका लागि नै दुर्भाग्यपूर्ण हुन्छ । यस्तो उल्टो बाटो हिँड्ने कुरा नगर्दा हुन्छ । इतिहास धेरै अगाडि बढिसक्यो । लेनिनबाट अगाडि बढेर कहाँ पुगिसक्यो । अगाडिपट्टि हेर्नुपर्‍यो, पछाडि फर्किनुभएन ।’

पत्रकारले पुनः प्रश्न गरे – त्यसो भए पृथ्वीपथ मान्नुहुन्न ?

‘पथ भन्ने कहिल्यै भएकै छैन त कसरी मान्ने ?’ प्रचण्डले उत्तर दिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सन्देशमा ‘पृथ्वीपथ’मा लाग्नुपर्ने आह्वान गर्दै आएका छन् । नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमा नै अनुकरणीय र अनुशरणीय रहेको बताउँदै आएका छन् । शान्त र समृद्धमुलुक बनाउने आकांक्षा जनतामा रहेको उल्लेख गरेका छन् । नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो–नराम्रो, जनगुनासो वा गुनगान सुन्ने परम्परा र संस्कार हुन्छ ।’ भन्दै आएका छन् ।

आखिर के हो ? त पृथ्वीपथ ?

पूर्वराजा ज्ञानेन्द्रले भन्दै आएको पृथ्वीपथ कुनै दर्शनशास्त्र, राजनीतिक विचार वा कलात्मक अभियान होइन । मार्क्सवाद, लेनिनवादजस्तो दर्शन पनि होइन ।

इतिहासले राष्ट्र निर्माताका रुपमा इङ्गित गरेका श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह (वि.सं. १७७९– १८३१) का दिव्योपदेश (प्रेरक भनाइ) हुन् । उनले स–साना बाइसे तथा चौबिसे राज्यलाई एकीकरण गरेर नेपाल निर्माणको श्रीगणेश गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रले उल्लेख गरेको ‘पृथ्वीपथ’ उखान, आहान र प्रेरक भनाइका रुपमा प्रत्येक नेपालीका जिब्रोमा झुण्डिएकै छ ।

पृथ्वी नारायण शाहका ती प्रेरक भनाइ सामाजिक न्याय, न्यायप्रणाली, राजनीति, कुटनीति, अर्थनीति, संस्कृति संरक्षणलगायतका विविध विषयमा अनुकरणीय छन् ।

नेपाल एकीकरण अभियानका नायकका रुपमा रहेका पृथ्वीनारायण शाहको दिव्योपदेश विभिन्न पुस्ताकार कृतिमा प्रकाशित छन् । अंग्रेजी, हिन्दी, स्पेनिस, फ्रेन्च भाषामा पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी र दिव्योपदेश प्रकाशित छ ।

पूर्वराजदूत निरञ्जनमानसिंह बस्न्यातले अंग्रेजीमा लेखेको पुस्तक विभिन्न भाषामा अनुदित गरिएको छ । हिन्दी भाषाको पुस्तक ‘महाराजा पृथ्वीनारायण शाह की संक्षिप्त जीवनी और उनके उपदेश’ प्रीतिमा वत्सले अनुवादन गरेकी हुन् भने तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले यसको विमोचन गरेका थिए ।

यहाँ हेरौँ पृथ्वीनारायण शाहका केही प्रेरक भनाइ

१. खानी भएको ठाउँ गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ । उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।

२. अदालतको पैसा दरबारमा नलैजानू र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनू ।

३. मुलुकमा अन्याय हुन कहिल्यै नदिनू ।

४. सुरक्षा निकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।

५. जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो ।

६. मेरा साना दुःखले आर्जेको मुलुक होइन, सबैलाई चेतना भया । सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।

७. नेपाल दुई ढुङ्गाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनू ।

८. काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।

९. सधैँ गुणको होइन, नूनको पछि लाग्नू ।

१०. आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।

११. घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।

१२. यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।

१३. राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : २४ बजे

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी

जेनजी आन्दोलन : भदौ २३ को बर्बरता र मनोवैज्ञानिक प्रभाव

राजु झल्लु प्रसादअमेरिकाको ९/११ घटनाको सम्बन्धमा मैले “आतंकवादी आक्रमणप्रति मानसिक

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान

दसैँ नजिकिएसँगै बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी – दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार