शिक्षक महासंघको आन्दोलनबारे शेखर कोइरालाको चासो « Khabarhub

शिक्षक महासंघको आन्दोलनबारे शेखर कोइरालाको चासो


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंमा जारी नेपाल शिक्षक महासंघको आन्दोलनबारे चासो व्यक्त गरेका छन् । पार्टीको शिक्षा विभागका प्रमुख नैनसिंह महर र नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीलाई फोन गरेर उनले शिक्षक आन्दोलनबारे चासो व्यक्त गरेका हुन् ।
 
कांग्रेसले संसद्को शिक्षा उपसमितिमा छलफलका क्रममा रहेको शिक्षक विधेयकका २८ बुँदामा रहेको असहमति र विधेयकबारे पूर्ण धारणा निर्माणका लागि आवश्यक समन्वय गर्न शिक्षा विभाग प्रमुख महरलाई जिम्मेवारी दिएको छ । 

नेता कोइरालाले सोही विषयमा महरसँग टेलिफोनमा कुराकानी गरेको सचिवालयले जनाएको छ । 

‘डाक्सापले आज (मंगलबार) शिक्षा विभाग प्रमुख र शिक्षक संघका अध्यक्षलाई फोन गरेर शिक्षक आन्दोलन र समाधानका लागि भइरहेको प्रयासबारे जानकारी लिनुभएको छ,’ सचिवालयले भन्यो । 

शिक्षकहरू सडकमा आइसकेपछि साझा धारणा बनाएर समाधान खोज्नु पर्नेमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुपर्ने अवस्था सिर्जना हुनु दुर्भाग्य भएको कोइरालाको भनाइ छ । उनले शिक्षा विभाग प्रमुख महर र शिक्षक संघका अध्यक्ष गिरीसँग शिक्षक आन्दोलनका कारण विद्यालय सञ्चालन र भविष्यको विषयले आफूलाई चिन्तत बनाएको बताएका थिए । 

सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू सङ्घीय राजधानी काठमाडौंमा आन्दोलन चर्काइरहेका छन् । 

विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न छाता संगठन नेपाल शिक्षक महासङ्घको नेतृत्वमा उनीहरूले आन्दोलन गरेको २१ दिन पुगिसकेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : २० बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण