पर्यटकलाई लक्षित गरी भारत प्रशासित जम्मु कश्मीरमा आतंककारी आक्रमण, ठूलो हताहतीको आशंका « Khabarhub

पर्यटकलाई लक्षित गरी भारत प्रशासित जम्मु कश्मीरमा आतंककारी आक्रमण, ठूलो हताहतीको आशंका


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत प्रशासित जम्मु कश्मीरमा आतंककारी आक्रमण भएको छ । जम्मु कश्मीरको पहलगाम क्षेत्रमा पर्यटकलाई लक्षित गरी आक्रमण भएको हो ।

मंगलबार भएको आक्रमणका क्रममा हालसम्म ५ जना पर्यटकको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणका क्रममा ८ जना घाइते भएका छन् । यद्यपि मारिनेको संख्या अझ धेरै रहेको हुनसक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घाइतेलाई स्थानीय अस्पताल लगिएको छ । जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले मृतकको सङ्ख्याबारे स्पष्ट नभइसकेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मुख्यमन्त्री अब्दुल्लाहले यस घटनालाई सर्वसाधारणलाई लक्षित गरी भएका पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो आक्रमणको संज्ञा दिएका छन् ।

पहलगाम पर्यटका लागि निकै आकर्षक गन्तव्य मानिन्छ । अहिलेको समय सो क्षेत्रमा पर्यटक आगमनको उच्च सिजन हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणमा संलग्नलाई नछोडिने दृढता व्यक्त गरेका छन् । हाल साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले गृहमन्त्री अमित शाहसँग वार्ता गरेको जनाइएको छ ।

आक्रमणको जिम्मा ‘कश्मीर रेजिस्टेन्स’ नामक समूहले लिएको रोयटर्सले उल्लेख गरेको छ । यसअघि यो समूह खासै चर्चामा आएको थिएन ।
आफ्नो क्षेत्रमा ८५ हजारभन्दा धेरै ‘बाहिरियाहरु’ आएर बसोबास गरेसँगै ‘जनसाङ्ख्यिक परिवर्तन’ आएको उक्त समूहले आरोप लगाएको छ ।

हालै जम्मु कश्मीर सरकारले पछिल्ला दुई वर्षमा भारतका विभिन्न स्थानबाट आएका ८४ हजार जनालाई सो क्षेत्रमा बसोबासको अनुमति दिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ०० बजे

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख

‘हामी सत्यको पक्षमा छौँ, कांग्रेस कसैको ‘प्राइभेट कम्पनी’ होइन’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई कसैको पनि प्राइभेट