पर्यटकलाई लक्षित गरी भारत प्रशासित जम्मु कश्मीरमा आतंककारी आक्रमण, ठूलो हताहतीको आशंका « Khabarhub

पर्यटकलाई लक्षित गरी भारत प्रशासित जम्मु कश्मीरमा आतंककारी आक्रमण, ठूलो हताहतीको आशंका


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत प्रशासित जम्मु कश्मीरमा आतंककारी आक्रमण भएको छ । जम्मु कश्मीरको पहलगाम क्षेत्रमा पर्यटकलाई लक्षित गरी आक्रमण भएको हो ।

मंगलबार भएको आक्रमणका क्रममा हालसम्म ५ जना पर्यटकको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणका क्रममा ८ जना घाइते भएका छन् । यद्यपि मारिनेको संख्या अझ धेरै रहेको हुनसक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घाइतेलाई स्थानीय अस्पताल लगिएको छ । जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले मृतकको सङ्ख्याबारे स्पष्ट नभइसकेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मुख्यमन्त्री अब्दुल्लाहले यस घटनालाई सर्वसाधारणलाई लक्षित गरी भएका पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो आक्रमणको संज्ञा दिएका छन् ।

पहलगाम पर्यटका लागि निकै आकर्षक गन्तव्य मानिन्छ । अहिलेको समय सो क्षेत्रमा पर्यटक आगमनको उच्च सिजन हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणमा संलग्नलाई नछोडिने दृढता व्यक्त गरेका छन् । हाल साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले गृहमन्त्री अमित शाहसँग वार्ता गरेको जनाइएको छ ।

आक्रमणको जिम्मा ‘कश्मीर रेजिस्टेन्स’ नामक समूहले लिएको रोयटर्सले उल्लेख गरेको छ । यसअघि यो समूह खासै चर्चामा आएको थिएन ।
आफ्नो क्षेत्रमा ८५ हजारभन्दा धेरै ‘बाहिरियाहरु’ आएर बसोबास गरेसँगै ‘जनसाङ्ख्यिक परिवर्तन’ आएको उक्त समूहले आरोप लगाएको छ ।

हालै जम्मु कश्मीर सरकारले पछिल्ला दुई वर्षमा भारतका विभिन्न स्थानबाट आएका ८४ हजार जनालाई सो क्षेत्रमा बसोबासको अनुमति दिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ०० बजे

चीनसँग पराजित नेपाली महिला टिम एसियन गेम्स छनोटबाटै बाहिरियो

काठमाडौँ – एसियाली गेम्स छनोटको तेस्रो स्थानमा रहँदै नेपाल एसियन

प्रसूति गृह र सामुदायिक भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा प्रसूति गृह र सामुदायिक भवन

एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो

काठमाडौँ – एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिको काम

ठगी आरोपमा टिकटकर तुलसी थाइल्यान्डबाट पक्राउ

काठमाडौँ – ‘हनी ट्र्याप’मार्फत करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा फरार