कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।

शिक्षक आन्दोलन लम्बिँदै २१ दिनमा पुगेको अवस्थामा निर्धारित परीक्षा सार्न ओलीले मंगलबार साँझ निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले निर्देशन दिएपछि राष्ट्रिय परीक्षा बोर्ड अब अर्को मिति तय गर्ने भएको छ ।

यसअघि मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको थियो । मंगलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर शिक्षक महासंघले उक्त परीक्षा बहिष्कार लागि देशभर आह्वान गरेपछि प्रधानमन्त्री पछि हट्न बाध्य भएका हुन् ।

शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय लिएको थियो ।

बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका थिए ।

तर महासंघले बोर्डको निर्णयपछि नेपाल शिक्षक महासंघले शिक्षक-प्रधानाध्यापकहरू परीक्षामा सहभागी नहुने निर्णय गरेको थियो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले परीक्षा सञ्चालन गरे पनि शिक्षक-प्रधानाध्यापक सहभागी नहुने बताएका थिए ।

महासंघले मंगलबार दिउँसो वक्तव्य नै निकालेर परीक्षा बहिष्कारका लागि शिक्षक र कर्मचारीहरूलाई आह्रवान गरेको थियो ।

‘काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन,प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्याक तथा शिक्षक-कर्मचारी साथीहरुमा जोडदार आग्रह गर्दछौँ’, महासंघका अध्यक्ष सुवेदी र महासचिव तुलाबहादुर थापाले भनेका छन्, ‘वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अपील गर्दछौँ ।’

शिक्षक महासङ्घको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : २८ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण