चर्चित अमेरिकी कलाकार जर्ज वेन्ड्टसको मृत्यु « Khabarhub

चर्चित अमेरिकी कलाकार जर्ज वेन्ड्टसको मृत्यु


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चर्चित अमेरिकी कलाकार जर्ज वेन्ड्टको ७६ वर्षको उमेरमा निधन भएको छ । उनले लस एञ्जलस्थित निजी निवासमा सुतिरहेकै अवस्थामा मङ्गलबार राति निधन भएकाे हाे ।

उनी अमेरिकाको चर्चित सिरियल ‘चियर्स’का मुख्य कलाकार थिए । यहीँबाट उनले लोकप्रियता कमाएका हुन् । यस सिरियलका सहकर्मीले जर्जको मृत्युमा दुख व्यक्त गरेका छन् ।

सिरिजका सहकलाकारहरु टेड डान्सन र केल्सी ग्रामरले उनीसँग बिताएका समयको सम्झना गरेका छन् ।

यस सिरिलयबाट प्रभावित भएर बोस्टनमा खोलिएको ‘बुल एण्ड फिन्च’ पब ले जर्जको सम्झनामा जर्जको नाममा कुर्सी र वियर राखेर उनलाइ श्रद्धाञ्जली दिएको छ ।

जर्ज सन् १९८२ देखि १९९३ सम्म प्रशारित सिरियल ‘चिर्यस’का २७५ अंकमा अभिनय गरेका थिए ।

उनले सन् १९८४ देखि १०८९ सम्म लगातार एमी अवार्डको ‘उत्कृष्ट सहायक हाँस्य अभिनेता’को मनोनयमा परेका थिए । जर्जले नाटक र विभिन्न फिल्ममा पनि अभिनय गरेका छन् ।

जर्जकी पत्ती बर्नाडेट बिर्केट पनि नायिका थिइन् । उनका तीन सन्तान छन् । नायक जेसन सुडेकिस जर्जका काका हुन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : १८ बजे

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई