मुम्बई आईपीएलको प्ले अफमा : ५९ रनको हारसँगै दिल्ली आउट « Khabarhub

मुम्बई आईपीएलको प्ले अफमा : ५९ रनको हारसँगै दिल्ली आउट


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफमा प्रवेश गर्ने चौथो टोलीको टुङ्गो लागेको छ।

बुधबार भएको खेलमा दिल्ली क्यापिटललाई ५९ रनले हराउँदै मुम्बई इन्डियन्स प्ले अफमा प्रवेश गरेको हो।

यसअघि नै गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्स प्ले अफमा प्रवेश गरिसकेका छन्। मुम्बईले अन्तिम खेल पन्जाबसँग खेल्ने छ।

मुम्बईले दिएको १८१ रनको लक्ष्य पछ्याएको दिल्ली १० बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १२१ रनमा समेटिएको हो।

दिल्लीका समीर रिज्भीले ३९, विपराज निगमले २० र आशुतोष शर्माले १८ रन जोड्दा के ऐल राहुलले ११ रन प्रहार गरे भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

मुम्बईका माइकल सान्टनरले चार ओभरमा ११ रन खर्चेर तीन तथा जसप्रित बुमराहले ३.२ ओभरमा १२ रन खर्चेर तीन विकेट हात पारे। मुम्बईको बंखाडे रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पाँच विकेटको क्षतिमा १८० रनको योगफल खडा गरेको थियो।

मुम्बईका लागि सूर्यकुमार यादव ४३ बलमा ७३ रन प्रहार गर्दै अविजित रहे। उनको पारीमा सात चौका र चार छक्का समावेश थियो।

तिलक बर्माले २७, रेन रिकेल्टनले २५ तथा विल ज्याक्सले २१ रनको योगदान गरे। नमन धिर ८ बलमा २४ रन प्रहार गर्दै अविजित रहे।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ५ : २० बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका