वेस्ट इन्डिजविरुद्ध आयरल्यान्डको फराकिलो जित « Khabarhub

वेस्ट इन्डिजविरुद्ध आयरल्यान्डको फराकिलो जित


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयरल्यान्डले वेस्ट इन्डिजसँगको एक दिवसीय खेलमा फराकिलो अन्तरको जित हात पारेको छ।

डबलिनमा बुधबार भएको दिवा रात्रि खेलमा आयरल्यान्ड १२४ रनले विजयी भएको हो। आयरल्यान्डले दिएको ३०४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३४.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रनमा अल आउट भएको हो।

वेस्ट इन्डिजका लागि सातौँ क्रमका ब्याट्सम्यान रोस्टन चोजले सर्वाधिक ५५ तथा आठौँ क्रमका म्याथ फोर्डले ३८ रन प्रहार गरे। वेस्ट इन्डिजले ३१ रनमा ६ तथा ७१ रनमा ६ विकेट गुमाएको थियो। जस्टिन ग्रेभ्सले १७ बलमा ३५ रन जोडे।

वेस्ट इन्डिजलाई सस्तोमा समेट्ने क्रममा बेरी म्याकर्थीले ७।.१ ओभरमा ३४ रन खर्चेर चार विकेट लिए। जर्ज डोकरेलले दुई ओभरमा २१ रन खर्चेर दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ६ विकेटको क्षतिमा ३०३ रन जोडेको हो। आयरल्यान्डका लागि एन्डी बलबराइनले ११२ रनको योगदान गरे। यसै गरी, पाउल स्टरलिङले ५४ तथा हेरी टेकरले ५६ रन जोडे। लोरकान टकरले १८ बलमा ३० रन जोडे ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ८ : २० बजे

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ

सभापति लामिछानेको स्वास्थ्यावस्था सामान्य

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति  रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा