चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या « Khabarhub

चिया पिउने यी सामान्य पाँच तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, हरेक अवसरमा चिया हामीसँगै हुने गर्दछ । धेरै मानिसहरूको लागि, चिया एक पेय मात्र होइन, भावना पनि हो ।

अन्तर्राष्ट्रिय चिया दिवस चिया मन पराउनेहरूका लागि मात्र मनाइन्छ । यो हरेक वर्ष मे २१ मा मनाइन्छ, जो हिजो मनाइएको थियो। तर के तपाईँले कहिल्यै सोच्नुभएको छ कि हामीले दिनहुँ रमाइलो गरी पिउने चियामा हुने केही सामान्य गल्तीहरूले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ भन्ने कुरा ।

हो, चियाको लत लाग्नु र यसलाई राम्ररी नपिउनु शरीरको लागि हानिकारक हुन सक्छ। यो धेरै पटक चिया पिउने, खाली पेटमा चिया पिउने, वा धेरै चियापत्ति हालेर पिउने जस्ता बानीले स्वास्थ्यमा राम्रो हुँदैन । यी बानीले तपाईँको शरीरलाई बिस्तारै हानि पुर्‍याउन सक्छ।

यदि तपाई पनि चियाको फ्यान हुनुहुन्छ भने यो लेखमा थाहा दिनेछौँ तपाईँले पनि चिया पिउने क्रममा ती ५ सामान्य गल्ती गरिरहनु भएको छ भने अहिले नै सुधारी हाल्नुहोस् ।

खाली पेटमा चिया नपिउने
कतिपयले बिहान उठ्ने बित्तिकै सबभन्दा पहिले चिया पिउने गर्छन्, जुन हानिकारक हुन्छ । खाली पेटमा चिया पिउनाले एसिडिटीको समस्या हुनसक्छ । यसबाहेक यसले ग्याँस, जलन, कब्जियतजस्ता समस्याहरू निम्त्याउन सक्छ। त्यसैले चिया पिउनु अघि मनतातो पानी वा फलफूल खानुपर्छ ।
 
धेरै चिया नपिउने
यदि चिया प्रेमीहरूले दिनमा ४–५ पटक वा सोभन्दा बढी चिया पिउने हो भने यसले शरीरमा क्याफिनको मात्रा बढाउँछ । यसले निद्राको कमी, घबराहट र थकान निम्त्याउन सक्छ। त्यसैले दिनमा २ कपभन्दा बढी पिउनु हुँदैन र राति अबेरसम्म पनि चिया पिउनु हुँदैन ।

धेरै उमालेको चिया नपिउने
कतिपयले चियालाई सुखद गन्ध दिन र स्वाद बढाउन १०–१५ मिनेट उमालेर चिया पिउने गर्छन् तर यसले ट्यानिन्स र क्याफिन बढाउँछ। यसले पाचन प्रणालीलाई असर गर्न सक्छ। यस्तो अवस्थामा चियालाई हल्का उमाल्नु मात्रै होस, धेरै गाढा नबनाउनु होस् । 

खाना खाए लगत्तै चिया नपिउने
कतिपयलाई खाना खाएपछि चिया पिउने बानी हुन्छ, जुन स्वास्थ्यका लागि बिलकुलै राम्रो हुँदैन । खाना खाइ सकेपछि तुरुन्तै चिया पिउनाले खानामा रहेको आइरन र पोषक तत्त्वको अवशोषण कम हुन्छ । चिया पिउन चाहनुहुन्छ भने खाना खाएपछि मात्र ३०–४५ मिनेट पछि मात्रै चिया पिउनु होस् ।

धेरै चिनी नराख्नुहोस्
कतिपयलाई मीठो चिया मन पर्छ । यस्तो अवस्थामा चियामा आवश्यकता भन्दा बढी चिनी मिसाउने गर्छन् । तर, अत्यधिक मीठो चियाले तपाईँको रगतमा चिनीको मात्रा बढाउन सक्छ, मोटोपना र मधुमेह निम्त्याउन सक्छ। सम्भव भएमा चियामा चिनी कम राख्नुहोस् वा गुँड र मह जस्ता विकल्पहरू अपनाउनु होस् । न्युजकारखानाबाट साभार

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १२ : २९ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर