पाकिस्तान-अफगानिस्तान र चीनबीच बीआरआईमा त्रिपक्षीय सहमति, आर्थिक करिडोरलाई काबुलसम्म लगिने « Khabarhub

पाकिस्तान-अफगानिस्तान र चीनबीच बीआरआईमा त्रिपक्षीय सहमति, आर्थिक करिडोरलाई काबुलसम्म लगिने


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- पाकिस्तान र अफगानिस्तानले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमति जनाएका छन् ।

इस्लामावादस्थित विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीपीईसीसम्बन्धी घोषणा पाकिस्तानका उपप्रधानमन्त्री-परराष्ट्रमन्त्री इशाक दार, चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुट्टाकीबीच बेइजिङमा भएको अनौपचारिक त्रिपक्षीय बैठकपछि गरिएको हो ।

दार बेइजिङको तीन दिने भ्रमणमा छन् । यो भारतले पाकिस्तान र अधिकृत कश्मीर (पीओके) मा आतंकवादी केन्द्रहरूलाई लक्षित गरी ‘अपरेसन वर्मिलियन’ सुरू गरेपछि पहिलो उच्चस्तरीय वार्ता हो । बैठकपछि ‘एक्स’ मा दारले भने, ‘पाकिस्तान, चीन र अफगानिस्तान क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि एकसाथ खडा छन् ।’

उनले तीन नेता एकसाथ रहेको तस्बिर पनि सेयर गरेका छन् । ‘हामीले कूटनीतिक सहकार्य बढाउन, सञ्चारलाई सुदृढ गर्न र साझा समृद्धिको प्रमुख संवाहकका रूपमा व्यापार, पूर्वाधार र विकासलाई प्रवर्द्धन गर्न व्यावहारिक कदम चाल्ने विषयमा छलफल गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा तीन देश सहयोगलाई गहिरो बनाउन एकजुट भएको पनि उल्लेख छ । ‘तीन देश ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगलाई गहिरो बनाउँदै चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमत भएका छन,’ विज्ञप्तिमा भनिएको छ ।

तर, यसबारेमा भारतले भने पाकिस्तान प्रशासित कश्मीर (पीओके) हुँदै ६० अर्ब अमेरिकी डलरको उक्त परियोजना निर्माणको विरोध गरिरहेको छ ।

विज्ञप्तिमा परराष्ट्रमन्त्रीहरूको छैटौं त्रिपक्षीय बैठक चाँडै आपासी सुविधाजनक मितिमा काबुलमा गर्ने सहमति पनि भएको जनाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १२ : ४९ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार