पाकिस्तान-अफगानिस्तान र चीनबीच बीआरआईमा त्रिपक्षीय सहमति, आर्थिक करिडोरलाई काबुलसम्म लगिने « Khabarhub

पाकिस्तान-अफगानिस्तान र चीनबीच बीआरआईमा त्रिपक्षीय सहमति, आर्थिक करिडोरलाई काबुलसम्म लगिने


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- पाकिस्तान र अफगानिस्तानले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमति जनाएका छन् ।

इस्लामावादस्थित विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीपीईसीसम्बन्धी घोषणा पाकिस्तानका उपप्रधानमन्त्री-परराष्ट्रमन्त्री इशाक दार, चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुट्टाकीबीच बेइजिङमा भएको अनौपचारिक त्रिपक्षीय बैठकपछि गरिएको हो ।

दार बेइजिङको तीन दिने भ्रमणमा छन् । यो भारतले पाकिस्तान र अधिकृत कश्मीर (पीओके) मा आतंकवादी केन्द्रहरूलाई लक्षित गरी ‘अपरेसन वर्मिलियन’ सुरू गरेपछि पहिलो उच्चस्तरीय वार्ता हो । बैठकपछि ‘एक्स’ मा दारले भने, ‘पाकिस्तान, चीन र अफगानिस्तान क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि एकसाथ खडा छन् ।’

उनले तीन नेता एकसाथ रहेको तस्बिर पनि सेयर गरेका छन् । ‘हामीले कूटनीतिक सहकार्य बढाउन, सञ्चारलाई सुदृढ गर्न र साझा समृद्धिको प्रमुख संवाहकका रूपमा व्यापार, पूर्वाधार र विकासलाई प्रवर्द्धन गर्न व्यावहारिक कदम चाल्ने विषयमा छलफल गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा तीन देश सहयोगलाई गहिरो बनाउन एकजुट भएको पनि उल्लेख छ । ‘तीन देश ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगलाई गहिरो बनाउँदै चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) अफगानिस्तानसम्म विस्तार गर्न सहमत भएका छन,’ विज्ञप्तिमा भनिएको छ ।

तर, यसबारेमा भारतले भने पाकिस्तान प्रशासित कश्मीर (पीओके) हुँदै ६० अर्ब अमेरिकी डलरको उक्त परियोजना निर्माणको विरोध गरिरहेको छ ।

विज्ञप्तिमा परराष्ट्रमन्त्रीहरूको छैटौं त्रिपक्षीय बैठक चाँडै आपासी सुविधाजनक मितिमा काबुलमा गर्ने सहमति पनि भएको जनाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १२ : ४९ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,