राजस्थान पुगेर मोदीले भने- भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो « Khabarhub

राजस्थान पुगेर मोदीले भने- भारतीय सेनाको कारबाहीले पाकिस्तान घुँडा टेक्न बाध्य भयो


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

जयपुर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राजस्थानको बीकानेरमा आयोजित एक जनसभालाई सम्बोधन गरेका छन् । उनले उक्त सम्बोधनका क्रममा ‘अप्रेशन सिन्दूर’को लामो व्याख्यासहित भारतीय सेनाको प्रशंसा गरे ।

‘अप्रिल २२ तारिखको हमलाको जवाफ हामीले २२ मिनेटमै दियौँ । आतंककारीहरूका ९ ठूला ठेगाना ध्वस्त पार्यौँ’, उनले भने, ‘संसार र देशका दुश्मनहरूले पनि जब सिन्दूर बारुद बन्छ, त्यसको परिणाम के हुन्छ भन्ने देखेका छन् ।’

प्रधानमन्त्री मोदीले आतंककारीहरूले हमला गरेपछि भारत सरकारले देशका तीनवटै सेनालाई कारबाहीका लागि खुला छूट दिएको बताए। त्यसपछि ती तीन सेनाले बनाएको रणनीतिसामु पाकिस्तान घुँडा टेक्न बाध्य भएको उनले जिकिर गरे ।

उनले फेरि एकपटक आफ्ना तीन कुरा दोहोर्‍याउँदै भने, ‘अब आणविक हमलाको धम्की चल्दैन । यस्ता कुनै पनि हमलालाई युद्धको कारबाही मानिनेछ, त्यसका लागि भारतले आफ्नै तरिकाले जवाफ दिनेछ ।’

उनले सिन्दूर मेटाउन निस्केकाहरू नै मेटिएका बताए । ‘तिनीहरूलाई हामीले माटोमा मिसायौं। जो सोच्थे भारत चुप बस्नेछ, जो आफ्ना हतियारमा घमण्ड गर्थे, आज उनीहरू भग्नावशेषको थुप्रोमा पुरिएका छन्’, उनले भने, ‘मेरा प्रिय देशवासीहरू, यो बदला होइन । यो न्यायको नयाँ रूप हो। यो ‘अप्रेशन सिन्दूर’ हो। यो केवल आक्रोश होइन ।’

उनले राजस्थानको वीरभूमिले भारतवासीलाई देश र देशवासीभन्दा ठूलो केही नहुने सिकाएको बताए ।

‘अप्रिल २२ तारिखमा आतंककारीहरूले धर्म सोधी सोधी निर्दोषहरूलाई मारेर सिन्दूर उजाडिदिए’, उनले भने, ‘हमला पहलगाममा भएको थियो, तर त्यसको पीडा पूरै देशले महसुस गर्यो। त्यसपछि देशभर आतंकवादलाई जरैदेखि समाप्त पार्ने अठोट बन्यो । हाम्रो सेनाले दिएको जवाफले पाकिस्तान घुँडा टेक्न बाध्य भयो ।’

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १ : ११ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस