सुर्खेत विमानस्थलको रनवेमा जमिनमुनिबाट एकाएक पानी निस्किएपछि… « Khabarhub

सुर्खेत विमानस्थलको रनवेमा जमिनमुनिबाट एकाएक पानी निस्किएपछि…


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेत विमानस्थलमा पानीको मूल निस्किएपछि विमानस्थल बन्द भएको छ । जमिनमुनीबाट पानी निस्किएपछि पुनः दुई दिन विमानस्थल बन्द गरिएको छ । 

सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि दुई दिन बन्द गरेर निर्माण थालिएको थियो । 

मंगलबारदेखि उडान अवतरण रोकेर काम थालिएको विमानस्थलको रनवेको अर्को ठाउँमा पानी नै निस्किन थालेपछि थप दुई दिन विमानस्थल बन्द गरिएको प्रमुख हिराजन काफ्लेले बताए । 

‘सुरुमा भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकेका थियौँ । १० मिटरको दुरीमा पुनः अर्को ठाउँमा जमुनीमुनीबाट पानी निस्कियो,’ उनले भने, ‘बिहीबार र शुक्रबारसम्म काम सक्ने गरी विमानस्थल बन्द गरिएको छ ।’ 

खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर विस्तार गरिएको क्षेत्र हो ।

नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेपछि मंगलबारदेखि विमानस्थल बन्द गरेर काम थालिएको थियो । शनिवारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जानकारी दिएको छ ।

सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा उडान भर्दै आएका छन् । विमानस्थल बन्द हुँदा यात्रुहरू तीन घण्टाको सडक यात्रा छिचोलेर नेपालगञ्ज पुगेर काठमाडौं जाने र सुर्खेत फर्किरहेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  २ : ०६ बजे

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि