सुर्खेत विमानस्थलको रनवेमा जमिनमुनिबाट एकाएक पानी निस्किएपछि… « Khabarhub

सुर्खेत विमानस्थलको रनवेमा जमिनमुनिबाट एकाएक पानी निस्किएपछि…


८ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेत विमानस्थलमा पानीको मूल निस्किएपछि विमानस्थल बन्द भएको छ । जमिनमुनीबाट पानी निस्किएपछि पुनः दुई दिन विमानस्थल बन्द गरिएको छ । 

सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि दुई दिन बन्द गरेर निर्माण थालिएको थियो । 

मंगलबारदेखि उडान अवतरण रोकेर काम थालिएको विमानस्थलको रनवेको अर्को ठाउँमा पानी नै निस्किन थालेपछि थप दुई दिन विमानस्थल बन्द गरिएको प्रमुख हिराजन काफ्लेले बताए । 

‘सुरुमा भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकेका थियौँ । १० मिटरको दुरीमा पुनः अर्को ठाउँमा जमुनीमुनीबाट पानी निस्कियो,’ उनले भने, ‘बिहीबार र शुक्रबारसम्म काम सक्ने गरी विमानस्थल बन्द गरिएको छ ।’ 

खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर विस्तार गरिएको क्षेत्र हो ।

नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेपछि मंगलबारदेखि विमानस्थल बन्द गरेर काम थालिएको थियो । शनिवारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जानकारी दिएको छ ।

सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा उडान भर्दै आएका छन् । विमानस्थल बन्द हुँदा यात्रुहरू तीन घण्टाको सडक यात्रा छिचोलेर नेपालगञ्ज पुगेर काठमाडौं जाने र सुर्खेत फर्किरहेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  २ : ०६ बजे

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार