सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने « Khabarhub

सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । 

बिहीबार सिंहदरबारमा जेठ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको जानकारी दिए ।

बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति(पाँचौ संशोधन) आदेश २०८२ स्वीकृत गरेको छ भने नेपाली सेनाको सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधी थप गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए  ।

त्यस्तै सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनमा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन सहरी विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए । 

बैठकले जेठ ११ गतेदेखि १९ गतेसम्म चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उद्योग मन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  २ : ३८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना