उद्योग सङ्गठन मोरङले ‘सीप उत्सव’ आयोजना गर्ने, मानव संशाधन विकास लक्ष्य « Khabarhub

उद्योग सङ्गठन मोरङले ‘सीप उत्सव’ आयोजना गर्ने, मानव संशाधन विकास लक्ष्य


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग सङ्गठन मोरङले जेठ १० र ११ गते दुईदिने ‘सीप उत्सव’ आयोजना गर्ने भएको छ ।

इन्स्योर हेल्भेटासको प्राविधिक सहयोग र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको समन्वयमा विभिन्न चार संस्थाको सहयोग लिएर सङ्गठनले आफ्नो सचिवालय तीनपैनी विराटनगरमा उत्सव आयोजना गर्न लागेको हो ।

सीप उत्सव २०८२ मा उद्योग व्यवसाय क्षेत्रमा आवश्यक मानव संशाधन र हाल बजारमा उपलब्ध जनशक्ति बीचको असन्तुलन, रोजगारदाता र रोजगारीको खोजीमा रहेको मानव संशाधनबीच आपसी सामञ्जस्यता अभाव लगायत सीप विकाससँग सम्बन्धित विविध आयामबारे उजागर गर्ने अभिप्रायः रहेको सङ्गठनले जानकारी दिएको हो ।

सीप उत्सवका माध्यमबाट तालिम प्रदायक, उद्योग प्रतिष्ठानहरू, नेपाल सरकारका सरोकारवाला पक्षहरू र प्रशिक्षार्थीबीच समन्वय कायम गराइ आगामी दिनमा आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सघाइने आयोजकको दाबी छ ।

उत्पादित जनशक्तिलाई रोजगारका अवसरको सुनिश्चितताका साथै स्वदेशमा रोजगारीका अवसर भएको सन्देश प्रवाह गर्न सहयोग पुर्‍याउने लक्ष्य लिइ कोशी प्रदेशमा पहिलोपटक ‘सीप उत्सव, २०८२’ आयोजना गर्न लागिएको सङ्गठनले जनाएको छ ।

उत्सव अन्तर्गत जेठ १० गते शनिबार बिहान १० देखि अपराह्न ५ बजेसम्म अन्तर–शिक्षालय सीप प्रतिष्पर्धा, लाइभ तालिम र वृत्ति परामर्श लगायत कार्यक्रम आयोजना हुनेछ ।

भोलिपल्ट जेठ ११ गते, आइतबार बिहान ८ देखि ११.३० बजेसम्म) अन्तिम सीप प्रतिष्पर्धा र पुरस्कार वितरण हुने सङ्गठनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  २ : ४७ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु