फिलिपिन्समा शक्ति संघर्ष उत्कर्षमा, सबै मन्त्रीलाई राजीनामा दिन राष्ट्रपतिको उर्दी « Khabarhub

फिलिपिन्समा शक्ति संघर्ष उत्कर्षमा, सबै मन्त्रीलाई राजीनामा दिन राष्ट्रपतिको उर्दी


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै मन्त्रीहरुलाई राजीनामा दिन उर्दी जारी गरेका छन् । बिहीबार उनले सबै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।

हालसम्म २१ मन्त्रीले राजीनामा दिने घोषणा गरिसकेका छन् ।

१० दिनअघि सम्पन्न निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षाकृत सिट जित्न नसकेपछि मार्कोस जुनियरले यस्तो निर्देशन दिएका हुन् । उक्त निर्वाचनमा सिनेटमा रहेका २४ मध्ये आधा १२ सिटका लागि प्रतिस्पर्धा भएको थियो ।

उक्त निर्वाचनमा १२ मध्ये ५ सिट उपराष्ट्रपति सारा डुटेर्टे समर्थकले जितेका थिए । मार्कोस जुनियरका समर्थकले पनि उक्त चुनावमा ५ सिट हात पारेका थिए । बाँकी २ सिट भने अनपेक्षित रुपमा पूर्वराष्ट्रपति बेनिग्नो अकिनो तृतीयका समर्थकले जितेका थिए ।

पछिल्लो समय फिलिपिन्समा शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । अकिनो र मार्कोस परिवारबीच लामो समयदेखि मनमुटाव रहँदै आएको छ भने डुटेर्टे र मार्कोस परिवारबीच पनि पानी बाराबारको अवस्था छ ।

राष्ट्रपति मार्कोस जुनियर पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् भने उपराष्ट्रपति डुटेर्टे पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी हुन् । हाल पूर्वराष्ट्रपति डुटेर्टे नेदरल्याण्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतको नियन्त्रणमा छन् । उनीमाथि लागूऔषध नियन्त्रण गर्न सञ्चालन गरिएको कारवाहीका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोप लगाइएको छ ।

फिलिपिन्समा उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध महाअभियोगको प्रस्ताव लगिएको छ । उनले राष्ट्रपति मार्कोस, उनकी श्रीमती र तल्लो सदनका सभामुख मार्टिन रोमुवाल्देजलाई हत्याको धम्की दिएको आरोप लगाइएको छ । यद्यपि उनले यस आरोपको खण्डन गर्दै आएकी छिन् । रोमुवाल्देज मार्कोस जुनियरका मामा हुन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ३ : ४१ बजे

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयको विज्ञहरूसँग परामर्श

काठमाडौं– बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी