कलौनीको स्मृतिमा स्थापना गरिने अक्षय कोषका लागि दुई लाख रुपैयाँ हस्तान्तरण « Khabarhub

कलौनीको स्मृतिमा स्थापना गरिने अक्षय कोषका लागि दुई लाख रुपैयाँ हस्तान्तरण


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व सहमहामन्त्री अच्युतराज कलौनीको स्मृतिमा स्थापना गरिने भनिएको अक्षय कोषका लागि दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार कलौनीका बुवा जनकराजलाई अक्षय कोष स्थापनाका लागि उक्त रकम हस्तान्तरण गरेका हुन् । 

कलौनी अध्यक्ष रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित बैजनाथ नमुना उच्च माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना हुने नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । 

पूर्व सहमहामन्त्री कलौनीको नवौँ पुण्यतिथीको शोक सभामा सहभागी हुन महेन्द्रनगर पुगेका बेला अध्यक्ष शेर्पाले बैजनाथमा अक्षय कोष स्थापनाको घोषणा गरेका थिए । कलौनी कांग्रेस कञ्चनपुरको भीमदत्त नगर सभापति पनि थिए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ४ : ४७ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।