कलौनीको स्मृतिमा स्थापना गरिने अक्षय कोषका लागि दुई लाख रुपैयाँ हस्तान्तरण « Khabarhub

कलौनीको स्मृतिमा स्थापना गरिने अक्षय कोषका लागि दुई लाख रुपैयाँ हस्तान्तरण


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व सहमहामन्त्री अच्युतराज कलौनीको स्मृतिमा स्थापना गरिने भनिएको अक्षय कोषका लागि दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार कलौनीका बुवा जनकराजलाई अक्षय कोष स्थापनाका लागि उक्त रकम हस्तान्तरण गरेका हुन् । 

कलौनी अध्यक्ष रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित बैजनाथ नमुना उच्च माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना हुने नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । 

पूर्व सहमहामन्त्री कलौनीको नवौँ पुण्यतिथीको शोक सभामा सहभागी हुन महेन्द्रनगर पुगेका बेला अध्यक्ष शेर्पाले बैजनाथमा अक्षय कोष स्थापनाको घोषणा गरेका थिए । कलौनी कांग्रेस कञ्चनपुरको भीमदत्त नगर सभापति पनि थिए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ४ : ४७ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता